बाजुराः बडीमालिका नगरपालिकाको वडा नं. १ जाल्पादेबि उच्च माद्यामिक बिद्यालयको मतदान केन्द्रमा ९६ बर्षिया बृद्ध हरिलाल उपाध्यायले पहिलो मतदान गरेका छन । बिहानै देखि मत हाल्न आतुर भएका मतदाताहरु निकै नै उत्साहित भएका थिए । स्थानियत तह निर्वाचन २०७९ आज बैसाख ३० गते सूरु भएको छ । बाजुरा जिल्लामा पनि नौ वटा स्थानिय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरु तोकिएको छ । जिल्ला भरी कुल ११२ वटा मतदान स्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकृत नवराज अवस्थिले बताएका छन ।
पहिलो स्थानिय तह निर्वाचन भन्दा यस बर्ष १७ हजार मतदाता संख्या बढेको पाइएको छ । दोस्रो पटकको स्थानियत तह निर्वाचनमा बाजुरा जिल्लामा ८४ हजार बढी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । यसै क्रममा बाजरा जिल्लाको जाल्पा देबि उभ्भ माद्यामिक बिद्यालयको मतदान केन्द्रमा पनि ९६ बर्षिय बद्धबाट मतदान सूरु भएको छ । निर्वाचन आयोगले बैसाख ३० गते बिहान ७ बजे देखी बेलुका ५ बजे सम्म मतदान गर्ने समय तय गरेको थियो यसै क्रममा जाल्पादेबि उच्च माद्यामिक बिद्यालयको मतदान केन्द्रमा ९६ बर्षिया बृद्ध हरीलाल पाध्यायले ७ बजेर ५ मिनेटमा पहिलो पतदान गरेर मतदानकोसूरुवात गर्नु भएको थियो ।
बडीमालिका नगरपालिका वडा नंं १ मा कुल मतदाता संख्या १२५३ रहेका छन । बिहान ७ बजे देखि सूरु भएको मतदान कार्या बेलुका ५ बजे सकिने भएको छ । कुल मतदाताको संख्यामा वडा नंं १ मा ११०० मत खस्ने अनुमान गरिएको छ ।
२०७४ सालको स्थानिय तह निर्वाचनमा खसेको कुल मत भन्दा यो बर्षमा खस्ने मतहरु बदर हुन सक्ने अनुमान गरिएको छ । बिहान ६ बजे देखि नै मतदाताहरु मत हाल्नका लागि लाइनमा लागेका थिए । ५ बर्ष पछि हुने स्थानिय तह निर्वाचनमा मतदाताहरु कति खेर मत खसाउने भनेर निकै नै उत्साहित भएका थिए ।