
बाजुराः जिल्लाकाे पुर्वी उत्तरी भेग हिमाली गाउँपालिका भरिका १० वटा मतदान केन्द्रमा जम्मा ४८४८ मतपत्र खसेको हिमाली गाउँपालिका धुलाचौर निर्वाचन अधिकृत गम्भीर रानामगरले बताउनु भएको छ ।
हिमाली गाउँपालिका वडा न १ बिछ्या मा.वि. बिछ्या मतदान केन्द्र मा ५५३ वडा न. २ ठुलाकोट आ .वि. कोट मतदान केन्द्रमा ५६७ वडा न। ३ गगा आ.वि. बौडी मतदान केन्द्रमा ३९२ वडा न. ३ को हिमालभक्ति आ।वि। गुम्बा मतदान केन्द्रमा ४२ वडा न.४ शैलेशरी मा.वि. फैती मतदान केन्द्रमा ६९५ वडा न. ५ मंगलमय आ.वि. रुगिन मतदान केन्द्रमा ९४५ वडा न।६ बडिमालिका मा।वि। धिम मतदान केन्द्रमा १२६० वडा न.७ जनता आ. वि. बाधु मतदान केन्द्रमा ३९४ मतपत्र खसेको निर्वाचन अधिकृत कार्यालय हिमाली गाउँपालिका धुलाचौरले जनाएको छ ।
हिमाली गाउँपालिका सबै मतदान केन्द्रमा मर्यादाक्रम तरिकाबाट कर्मचारी र सुरक्षाकर्मी सहयोग को ठूलो भुमिका रहदा हामी मतदान केन्द्र सफलताको रूपमा काम गर्न सफल भएको हिमाली गाउँपालिका निर्वाचन अधिकृत कार्यालय निर्वाचन अधिकृत गम्भीर रानामगरले बताउनु भएको छ ।











