बाजुरा – नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिकामा नेपाली कांग्रेसले वडा न . ३ मा पनि नेपाली कांग्रेस बिजयी भएको छ । वडा न .३ बाट बिजयी सरुवात गरेको कांग्रेसले लगातार ३ वडा जित्न सफल भएको छ । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बिर्क बहादुर रावत नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार दिपक रावतलाई ३८ मतले पराजित गर्दै बिजयी बनेका हुन । २०७४ मा पनि सो वडामा नेकपा एमालेबाट दिपक रावत बिजयी बनेका थिए । यतिबेला भने नेपाली कांग्रेसका उम्मेदवार रावत दुई वटा बलियो शक्तिका बिच बिजयी बन्न सफल भएका छन् । नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार दिपक रावत नेकपा एमाले खप्तड छेडेदहकै बलियो र प्रतिभाशाली नेता हुन । त्यस्तै अर्का नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार दिपक डीसी पनि छेडेदह गाउँपालिकाकै बलियो नेताका रुपमा परिचित छन् । कांग्रेसका उम्मेदवार बिर्क रावतले ३८१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दिपक रावतले ३४३ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार दिपक कुमार डीसीले २५५ मत प्राप्त गरेका छन् गाउँपालिकामा भने यतिवेला नेकपा एमालेले अग्रता कायमै रहेको छ । त्यस्तै वडामा नेपाली काँग्रेसको सिंगो प्यानल विजयी भएको हो ।
नेपाली काँग्रेसले खप्तड क्षेडेदह गाउँपालिकाको १ नम्बर वडामा विजयी भएर लगातार तीन वटा वडा जित्न सफल भएको छ । नेकपा एमालेको पकट क्षत्र मानिने वडा न . ३ मै एमाले खप्तड छेडेदहकै बलियो नेता दिपक रावतले हार बेहोर्नु परेको छ । यतिबेला वडा न . ३ मा नेकपा एमालेकि बिरासत भत्किएको छ । यता नेकपा माओवादी केन्द्र पनि ०७४ को निर्वाचनमा दोश्रो पार्टी बन्न सफल भएको थियो । ०७४ मा तेस्रो पार्टीका रुपमा रहेको नेपाली कांग्रेसले जित हात पारेको छ । दुई वटा बलियो शक्तिका बिच बिजयी बन्नु सिङ्गो कांग्रेस खप्तड छेडेदहकै लागि सफलता हो । नेतृत्व परिवर्तन वडा न . ३ का लागि आवस्यक रहेको त्यहाँका स्थानीयले बताएका छन । वडा न . ३ मा पाँच बर्ष सम्म नेकपा एमाले गरेको अनियमित ज्याजती अहंकारको अन्त्य र वडाको समग्र बिकास र परिवर्तनको अपेक्षा सहित मतदाताले ननेपाली कांग्रेसलाई बिजयी गराएको निर्वाचित वडा अध्यक्ष रावतले बताए । वडा वासीले अपेक्षा गरेर दिएको मतदानको सदैव कदर ग्र्ने पनि उनको भनाई छ ।