बाजुराः बडीमालिका नगरपालिकाको मत गणना अहिले दउिसो २ बजेबाट सूरु हुने भएको छ । जिल्लाको बुढीगंगा नगरपालिकाका केही वडाहरुमा मतदान केन्द्रमा भएको बिविादका कारण स्थगित भएको मतदानलाई पुनः मिति तय गर्न निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट खटाइएका निर्वाचन आयूक्त सगुन शमसेर जवरा बाजुरा पुग्नु भएको छ । जिल्लाका सरोकारवाला ब्यक्तिहरु र पमुख निर्वाचन अधिकृत माधब प्रसाद घिमिरेको टोलीले भेट गरेका छन । भेटका क्रममा निर्वाचन अयुक्त राण नेपाली सेनाको हेलिकप्टर करिब ११ बजे तिर बाजुरा पुगेको थियो ।
आयूक्त जवरा नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ हुँदै सुर्खेत भएर बाजुरा आइ पुगेका हुन । बाजुरा पुगे पछि बुढीगंगा नगरपालिकाको बिबादका बिषयमा जिल्ला न्यायधिस एबम् प्रमुख निर्वाचन अधिकारी माधब प्रसाद घिमिरे सहितको टोली बसेर बुढीगंगा नगरपालिकाको समस्या समाधानका बिषयमा त्यस तर्फ जाने सल्लाह भएको थियो ।
पुर्व जानकारी अनुसार प्रमुख निर्वाचन अधिकृत सहितको टोलि सहित त्यस तर्फ जाँने भनिएता पनि मुख्य निर्वाचन आयूक्त सहितको टोली र बडीमालिका नगरपालिकाका प्रमुख निर्वाचन अधिकारी बिचको सल्लाह पछि तनाव ग्रस्त क्षेत्रमा निर्वाचन आयूक्त र बुढीगंगा नगरपालिकाका राजनितिक दलहरु बसेर समस्या समाधान गर्ने भनी सल्लाह भए पश्चात बडीमालिका नगरपालिकाको मत गणना पनि १ बजेबाट सूरु हुने भएको छ ।











