बाजुराः जिल्लाको स्वामिकार्तिक खापर गाँउपालिकामा नेपाली काँग्रेसका भरत रोकाया गाँउपालिका अध्यक्षमा र मैना जौशी उपाध्यक्षमा बिजयी भएका छन । उनका प्रतिस्पर्धी एकिकृत समाजबादीका चिरञ्जीवी शाही पराजित भएका छन । शाही २०७४ सालको स्थानिय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै वडा नं. १ मा नेकपा माओवादी, २ नम्बरमा नेपाली काँग्रेस वडा नं. ३ मा नेकपा एमाले र वडा नं. ४ नेपाली काँग्रेस र वडा नं. ५ मा नेपाली काँग्रेस विजयी भएका छन । गाँउपालिकाको ३ वटा वडाहरुमा नेपाली कँग्रेस र एक वडामा नेकपा एमाले र एउटामकनेकपा माओवादी केन्द्रको जित भएको छ ।
एकिकृत समाजवादीको विजय सुन्य रहेको छ । वडा नं. ५ मा नेपाली काँग्रेस २ मतको अन्तरले बिजयी भएको छ । संख्यात्मक रुपमा नतिजाको आँकडा बाहिर आउन समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।











