बाजुरा– बडीमालिका नगरपालिका वडा न. १ मा नेपाली काँग्रेसका कृष्ण बहादुर कार्की वडा अध्यक्षमा विजयी भएका छन । बैसाख ३० गते भएको स्थानिय तह निर्वाचनको ३ दिन पछि जेष्ठ १ गते दिउसाो ३ बजेबाट मतगणना सूरु गरिएको थियो ।
जिल्लाका नौवटै स्थनिय तहहरुमा एकै साथ मतगणना शुरु गर्ने भनिएता पनि केही पालिकाहरुमा बिबाद चुलिदा मतदान नै स्थगित भएको समाचार प्राप्त भएको छ । बडीमालिका नगरपालिका वडा नंं . १ को मतगणनाको अन्तिम नतिजा राती ८ बजे मात्र सार्वजनिक भएको हो ।
नेपाली काँग्रेसको तर्फबाट कृष्ण बहादुर कार्कीले ५३१ मत ल्याएर विजयी भएका हुन भने उनका प्रतिद्ववन्दी नेकपा एमालेका डबल बहादुर दानीले ४१७ मत ल्याएर ११४ मतान्तरमा पराजित भएका हुन । वडा नं. १ मा सिंङ्गो नेपाली काँग्रेसको टिम विजयी भएको छ । बडीमालिका नगरपालिका वडा नं. १ को कुल मतदाता १२५३ रहेको थियो भने ९७३ मत खसेको थियो ।
त्यस्तै वडा नं. १ बाट मेयरपदका लागि नेपाली कााग्रेसका उम्मेद्वार धनराज जोशीलाई ५४४ मत प्राप्त भएको छ भने नेपाली काँग्रेसबाट उपमेयर पदकी उम्मेद्वार राधिका सिंहलाई ५२४ मत प्राप्त भएको छ । नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार अमर खड्कालाई ४०७ मत प्राप्त भएको छ भने नेकपा एमाालेको तर्फबाट उपमेयरकी उम्मेद्वार नन्दा थापालाई ४२२ मत प्राप्त भएको प्रमुख निर्वाचन अधिकृत माधब प्रसाद घिमिलेले जनाएका छन । कुल मत मध्य खसेको मतमा ८ वटा मत बदर भएका थिए । बडीमालिका नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ ।











