बाजुराः बडीमालिका नगरपालिकाका वडाहरुको नतिजा आँउने क्रम जारी छ । यसै विच वडा नं. ४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेद्वार अर्जुन नाथले २०१ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका अम्मर बुढाले १६५ मतमा हार बेहोरेका हुन । त्यस्तै मेयर पदका लागि नेपाली काँग्रेसका उम्मेद्वार धनराज पण्डितलाई १६६, उपमेयरको पदका उम्मेद्वार राधिका सिंहलाई २४२ मत प्राप्त भएको छ भने नेकपा एमालेको तर्फबाट मेयरका उम्मेद्वार अम्मर खड्कालाई १९६ मत प्राप्त भएको छ ।
एमाले बाट उपमेयरका उम्मेद्वार नन्दा थापालाई १२६ मत प्राप्त भएको छ । वडा अध्यक्ष पदमा नेपाली कााग्रेसका अर्जुन नाथ विजयी भएका छन भने तिन जना नेकपा एमालेबाट वडा सदस्यमा विजयी भएका छन । हाल सम्म मेयर पदका लागि जम्मा नेपाली काँग्रेसका उम्मेद्वार धनराज जोशीलाई ११५९ मत प्राप्त भएको छ भने नेपाली काँग्रेसबाट उपमेयर पदकी उम्मेद्वार राधिका सिंहलाई १२३९ मत प्राप्त भएको छ भने नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार अमर खड्कालाई १३५६ मत प्राप्त भएको छ भने नेकपा एमाालेको तर्फबाट उपमेयरकी उम्मेद्वार नन्दा थापालाई १२८४ मत प्राप्त भएको बडीमालिका नगरपालिका निर्वाचन अधिकृत माधब प्रसाद घिमिरेले जानकारी दिनु भएको छ । अहिले वडा नं. ५ को मत गणना भैरहेको छ ।











