बाजुरा– बाजुरा जिल्लाको पछिल्लो मत परिणम धमाधम सार्वजनिक भैरहेको छ । जिल्लाको पछिल्लो मत परिणम अनुसार गौमुल गाँउपालिकामा पुरै नेकपा एमालेको सिंङ्गो टिम विजयी भएको छ । गाँउपालिकाको अध्यक्षमा हरि ब.रोकाया पुनः विजयी भएर दोहोरीएका छन् । त्यस्तै गाँउपालिकाको उपाअध्यक्षमा दोस्रो पटक सीता थापा पनि दोहोरीएकी छन ।
गौमुल गाँउपालिकाको सबै वडाहरुमा क्रमसः वडा नं. १ मा देब बहादुर रोकाया वडा नं. २ मा देबेन्द्र बहादुर रोकाया, वडा नं. ३ मा गोरख बहादुर बोहोरा, वडा नं. ४ मा अम्मर बहादुर बि.क, वडा नं. ५ मा कलक बहादुर सिह र वडा नं. ६ मा प्रकाश बहादुर रोकाया विजयी भएका छन । २०७४ सालको स्थानिय तहमा विजयी ३ जना जनप्रतिनिधीको पुरानै अनुहार दोहोरीएको छ ।
नयाँ अनुहार दोहोरीनेमा वडा नं. ६ मा प्रकाश बहादुर रोकाया, गााउपालिका अध्यक्ष र उपाध्यक्ष रहेका छन । अन्य वडाहरुमा भने नयाँ अनुहार आएका छन । गौमुल गाँउपालिकामा २०७४ सालको स्थानिय तह निर्वाचनमा एक वडा मात्र नेपाली काँग्रेसले जितेको थियो भने २०७९ सालको स्थानिय तह निर्वाचनमा पुरी पालिकामा नेकपा एमालेको सिंङ्गो टिम बिजयी भएको छ ।