युनिकोड    राशिफल    एफएम रेडियाे                        
172 पटक पढिएको

धनगढी–प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १० दिनअघि एक साताभित्र २० हजार किटको व्यवस्थाप हुने बताएको थियो। तर अझै सुदूरपश्चिम प्रदेशका नाकाहरू एन्टिजेन किटको सहज आर्पूति हुन सकेको छैन ।
नाकाहरूमा एन्टिजेन किटको अभाव भइरहँदा भारतबाट फर्किएका नेपालहरू मध्ये निकै थोरै संख्यामा मात्रा कोरोनाको परीक्षण हुने गरेको छ। सुदूरपश्चिम प्रदेशका सीमानाकाहरूमा भारतबाट फर्किने नेपालीहरूको संख्या झनझन बढीरहेपनि परीक्षणको दायरा भने झनझन कम हुँदै गएको हो ।
कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाका गरी दैनिक १५ सयको संख्यामा नेपालीहरू भित्रिरहेका छन्। तीमध्ये गौरीफन्टा नाका भएर मात्र दैनिक १२ सय जना भित्रिरहेका छन् । तर औषत २ सयभन्दा पनि कमको संख्यामा मात्र परीक्षण हुने गरेको छ । गौरीफन्टा नाकामा राखिएको हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले परीक्षणका लागि किटको अभाव भएपछि लक्षण देखिएकाहरूको मात्र परीक्षण हुने गरेको बताए। ‘गौरीफन्टा नाका भएर दिनहुँ करिब १२ सय जना भित्रिरहेका छन्, किटको चरम अभाव छ’ उनले भने, ‘हामीले दिनमा २ सय किट मात्र पाउने गरेका छौँ। जसकारण लक्षण देखिएकाहरूको मात्र परीक्षण गर्नसक्ने अवस्था छ। दैनिक सय/डेढ सय जनाको मात्र परीक्षण गर्न भ्याएका छौ ।
नाकामा परीक्षण गरिएकाहरू मध्ये कोरोना संक्रमित भेट्टिएकाहरूलाई धनगढीस्थित कनरीमा स्थापना गरिएको आइसोलेसनमा पठाउने गरिएको छ। तर परीक्षण नगरिएका र नेगेटिभ आएकाहरू सिधै गन्तव्यतर्फ लाग्ने गरेका छन्। यसरी भारतबाट कोरोना भाइरस सुदूरका गाउँगाउँ पुगेर स्थिति भयावह बन्ने चिन्ता बढेको छ ।
तर शत प्रतिशत परीक्षण गराउनतर्फ प्रदेशमा कुनै पनि पहल नभएको पाइएको छ। प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १० दिनअघि एक साता भित्र २० हजार किटको व्यवस्थाप हुने बताएको थियो। तर उक्त जोहो अझै हुन सकेको छैन । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम विष्टले अहिले केन्द्रमा ५ सय किट मात्र मौज्दात रहेको बताए। नाकाहरूमा समेत २/३ को संख्यामा किट मौज्दात रहेको उनले बताए। ‘स्वास्थ्य सेवा विभागबाट १२ सय किट पाएका थियौँ। नाकाहरू बाँड्यौँ। अहिले हामीसँग ५ सय किट मात्र मौज्दात छ’ उनले भने, ‘अहिले किटको अभाव छ ।’

२० हजार किटको लागि टेण्डर आह्वान गरिएपनि केही ढिलाई भएको उनले बताए। अहिले आपूर्तिकर्ताको टुङ्गो लागिसकेकाले जेठ पहिलो साता भित्र आपूर्ति हुने उनको भनाई छ । पछिल्लो एक सातामा गौरीफन्टा नाका भएर भारतका विभिन्न राज्यबाट झण्डै १० हजार नेपाली भित्रिएका छन्। तीमध्ये झण्डै १ हजार जनाको मात्र परीक्षण हुने गरेको छ । झण्डै २ सय जनामा कोरोना पुष्टि भएको छ। बाँकी बिना परीक्षण सोझै गाउँ पुगेका छन ।
आजको दिनेश खबरबाट समाचार आभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!