
बाजुरा- जिल्लाकाे बडीमालिका नगरपालिका ७ को वडाअध्यक्षमा एमालेका धर्मराज पाध्याय पुनः विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका धनलाल पाध्यायलाई ८१ मतले पराजित गर्दै वडा अध्यक्षमा पुनः विजयी भएका हुन् । धर्मराज पाध्यायले ६ सय १० मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी धनलाल पाध्यायले ५२९ मत ल्याएर पराजित भएका छन । वडामा एक महिला सदस्य बाहेक सबै टिम नै एमाले बाट बिजयी भएको छ ।पत्रकारिता क्षेत्रबाट नेकपा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेका पाध्याय ०७४ मा समेत सो वडाको अध्यक्षमा विजयी भएका थिए । उनले २०७४ को स्थानिय चुनावमा ४ भोटले मात्र बिजयी भएका थिए । उनले सहोदर भिनाजुलाई ४ मतले पराजित गरी ५ बर्षे कार्यकाल सफलता पुर्बक बिताएका छन । ०७४ को स्थानिय तहको निर्बाचनमा एमालेबाट वडामा एक्लै जितेका भए पनि सफल वडा अध्यक्षको रुपमा परिचीत रहेका छन । उनले बाजुराका ६९ वडा मध्यकै नमुना उत्कृष्ठ वडा अध्यक्षका रुपमा चिनिएका पाध्यायले यो पटक पनि जित हासील गरेका छन ।
यस अघिको पाँच वर्षे कार्यकालमा वडा अध्यक्ष पाध्यायले वडा र समग्र नगरपालिकालाई समृद्ध बनाउन महत्त्वपूणर् भुमिका खेलेका थिए ।
यस अघिको पाँच वर्षमा उनले वडालाई नगरकै नमुना बनाउन दिनरात नभनि खटेका थिए । वडा अध्यक्षमा पुनः विजयी भएका पाध्यायले छोटो प्रतिकृया दिदै भने अवको पाँच वर्षे कार्यकालमा वडाबासीको आवश्यकता अनुसार काम गर्ने बताए।बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम सार्बजनिक भएको छ । बडिमालिका नगरपालिकाको वडा न ७ मा सबैको चासो रहेको थियो र काग्रेसले बढि मत ल्याउने आकडा गरिएको भए पनि काग्रेसले सो वडामा सोचे जस्तो मत ल्याउन सकेन ।
नेकपा एमाले
प्रमुख २६७२
उप प्रमुख २७३०
नेपाली काँग्रेस
प्रमुख २६१६
उप प्रमुख २५६८











