बाजुरा– बैसाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनबाट बडीमालिका नगरपालिकाको मेयर पदमा पराजित नेपाली काँग्रेसका नेता धनराज पण्डित र उपमेयरकी पराजित नेतृराधिका सिंहले विजयी मेयर ततथा उपमेयरलाई बधाई दिएका छन ।

राजनितिमा संस्कार बिकास हुनु पर्छ भन्ने नेता पण्डित र नेतृ सिंहले उदाहरण दिएका छन । बडीमालिका नगरपालिकाको मेयर तथा उपमेयर पदमा बिजयी भएका उम्मेद्वार अमर खड्का र नन्दा थापालाई एउटै मञ्चमा बधाइ तथा शुभकामना दिदै हार जित लोकतान्त्रिक परिपाटी भएकोले एउटै नगरबासीहरुले संस्कारको बिकास गर्नु पर्ने कुरामा ब्यक्त गर्नु भएको छ ।

विजयी मेयर, उपमेयर तथा वडा अक्यक्ष सहितलाई बजार परिक्रमा गराउदै सदरमुकाम मार्तडीको खुला मञ्चमा भएकको बधाई तथा शुभकामना कार्यक्रमममा पराजित पण्डित र सिंहले दुबै विजयी जनप्रतिनिधीहहरुलाई बधाई दिएका हुन । नेपाली काँग्रेस जहिले पनि संस्कारको राजनिति गर्ने भएकोले नगरपारबासीहरुले आफ्ना पक्षमा दिएको मत नै जितको संज्ञा भएको उनिहरुले बताएका छन । आफुहरुले नगर प्रमुख र उपप्रमुखमा पराजय भोग्नु भनेको आगामी राजनितिक यात्रमा आफुहरुलाई एक इटा थपिएकोले फेरी पनि जनताको घरदैलोमा सेवा गर्ने जिम्मेवारी आएको बताएका छन ।

नेकपा एमाले नगर कमिटीले आयोजना गरेको बधाइ तथा सम्मान कार्यक्रममा विजयी मेयर तथा उपमेयर पदका जनप्रतिनिधीहरुलाई पराजित पण्डित र सिंहले टिका लगाएर संस्कार पुर्ण तरिकाले अंगालो हाल्दै बधाइ दिएका हुँन । यसरी बधाइ दिइ रहदा संस्कारको राजनितिको संकेत नेपाली काँग्रेसमा भएको पराजित नेताहरुको ब्यबाहारले देखाएको छ । आफुहरुले पराजय भोग्दैमा निरास नभएकोले आगामी दिनहरुमा पनि विजयी जनप्रतिनिधीहरुसंग हातेमालो गर्दै सहकार्यका साथ साथ र सहयोग गर्ने पनि नेता पण्डित र सिंहले बताएका छन ।












