
मु्केश नेपाली– बैसाख २२ गतेबाट लागु हुनेगरी जारी गरिएको निषेधाज्ञाको समय बैसाख ३१ गते समाप्त हुदै गर्दा कोरोना भाइरस (कोभिड–१९) का कारण बाजुरा जिल्लामा संक्रमण दर बढ्दै गएकोले निशेधाज्ञाको अवधि आगामी जेठ ७ गते सम्मका लागि थप गरिएको छ । जिल्ला (कोभिड–१९) संकट व्यवस्थापन केन्द्रको विहिबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो ।
विश्वभर कोरोना भाइरस (कोभिड–१९) ले महामारीको रुपमा लिइ रहेको बाजुरा जिल्लामा पनि दिनप्रतिदिन तिव्ररुपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यस अघि बैशाख २२ गतेदेखि ३१ गतेसम्म बाजुरा जिल्ला भर लागु हुने गरि निषेधाज्ञा जारी गरेको थियो । बाजुरा जिल्लामा हालसम्म २ सय ५८ जना कोरोना सँक्रमित रहेका छन् भने ४ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।