युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
137 पटक पढिएको


बाजुरा – जिल्लाका ७ वटा स्थानिय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बैशहख ३० मा सम्पन्न भएको स्थानिय निर्वाचनको ७ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । जिल्लाको दुई वटाा पालिका बुढिनन्दा र बुढिगंगा नगरपालिकाको मत परिणाम भने आउन बांकी छ । बुढिनन्दामा मत गणना जारी रहेको छ भने बुढिगंगा नगरपालिकामा निर्वाचनको दिनमा भएको झडपका कारण मतगणना नै हुन सकेको छैन । मतगणा हाल सम्म पनि अनयौलमा रहेको छ । सो नगरपालिकामा पुनः मकतदान गर्नुपर्ने माग नेपाली कांग्रेसको छ भने मतगणना सुरु गर्नुपर्ने माग नेकपा एमालेको छ । जिल्लाका अन्य ७ वटा पालिकाको मत परिणाम भने सार्वजनिक भइसकेको छ । ७ वटा पालिकाको मत पररिणाम यस प्रकार रहेको छ । जिल्लाका ३ पालिकामा नेपाली कांग्रेस बिजयी भएको छ भने ४ पालिकामा नेकपा एमाले बिजयी भएकाे छ ।   जिल्लाकाे  त्रिवेणी नगरपालिकामा नेपाली काँग्रेसका कर्णबहादुर थापा र कमला जैशी(न्यौपाने) ले बाम गठबन्धनलाई पराजित गर्दै काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।कांग्रेका उम्मेदवार कर्णबहादुर थापाले ४ हजार ७६१ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी बाम गठबन्धनका मोतिसिं बुढाले ३ हजार ५८६ मत ल्याएर पराजित भएका छन् ।यस्तै उप प्रमुखमा नेपाली काँग्रेसकी कमला जैशी(न्यौपानें) ले ४ हजार ७४३ मत विजयी भएकी छन् ।त्रिवेणीमा नेपाली काँग्रेसले ६ वडा र बाम गठबन्धनले ३ वडा जितेको छ ।

यस्तै जिल्लाको सदरमुकाममा रहेको बडीमालिका नगरपालिकामा नेकपा एमालेकोे तर्फबाट मेयर पदमा अम्मर खड्काले ४०१९ मत ल्याएर बिजयी भएका हुन भने उनका प्रतिप्रर्धी नेपाली काँग्रेसका धनराज पण्डितले ३५५२ मत प्राप्त गरी पराजित भएका छन । त्यस्तै उप–मेयर पदमा नन्दा थापाले ४२३३ मत ल्याएर बिजयी भएकी हुन भने नेपाली काँग्रेसको तर्फबाट उनकी प्रतिस्पर्धी राधिका सिंहले ३३५१ मत प्राप्त गरी पराजित भएकी छन् । मेयर खड्काले नेपाली काँग्रेसका पण्डितलाई ४६७ को फराकिलो मतान्तरले पराजित गरेका छन् भने उपमेयर पदमा नन्दा थापाले ८८२ फराकिलो मतान्तरले पराजित गरेकी हुन ।नगरपालिकाको वडा नं. १ र वडा नं. ४ मा मात्र नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष बिजयी भएका छन भने वडा नं. ७ मा एक महिला सदस्य मात्र बिजयी भएका छन ।यस्तै जिल्लाको जगन्नाथ गाउँपालिकामा गाउँपालिका अध्यक्षका लागि दोस्रो पटक पनि काली बहादुर शाही विजयी भएका छन ।शाहीले २ हजार ३ सय १९ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका सुन्दर विष्टले १ हजार ८ सय ७० मत ल्याएर पराजित भएका छन। उपाध्यक्षमा नेकपा एमालेका मरुकला विष्टले २ हजार १ सय १८ मत ल्याएर विजयी भएकी हुन भने उनका प्रतिद्धन्द्धी गठबन्धनका धर्मराज शाहीले १ हजार ६ सय ८० मत ल्याएर पराजित भएका छन् । जगन्नाथ गाउँपालिकाको वडा १ बाहेकका अन्य पाँच वटा वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।जिल्लाको हिमाली गाउँपालिकामा पनि दोस्रो पटकका लागि नेपाली काँग्रेसका गोविन्द्रबहादुर मल्ल २ हजार ३८४ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका अजबहादुर मल्लले २ हजार २६९ मत ल्याएर पराजित भएका छन् । यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी राजकला साकी २ हजार ३६७ मत ल्याएर विजयी भएकी छन् भने उनको प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी कमला रावत(रोकाया)ले २ हजार २८६ मत ल्याएर पराजित भएकी छन् । ७ वडा रहेको सो गाउँपालिकामा ५ वडा नेपाली काँग्रेसले जितेको छ । भने २ वडा नेकपा एमालेले जितेको छ ।

यस्तै जिल्लाको पश्चिमी भेगमा पर्ने खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष पदमा एमालेका उम्मेदवार दिलबहादुर रावत र उपाध्यक्षमा कांग्रेसकी उम्मेवार विसुदेवी नाथ विजयी भएका छन् ।नेकपा एमाले उम्मेदवार रावतले कांग्रेस उम्मेदवार खड्कबहादुर बुढालाई पराजित गरेका हुन । रावतले ३ हजार ७४७ मत पाएका छन् बुढाले ३ हजार ५५८ मत पाएका थिएल्याएर पराजित भएका छन् ।यस्तै उपाध्यक्ष पदमा कांग्रेस उम्मेदवार विशुदेवी नाथले एमाले उम्मेदवार मनदेवी कुमारी खड्का (ओली) लाई पराजित गरेकी छन् नाथले ३ हजार ६४२ मत प्राप्त गरेकी छिन् भने ओलीले ३ हजार ५९४ मत प्राप्त गरेकी छन् । यस्तै जिल्लाको स्वामिकार्तिक खापर गाँउपालिकामा नेपाली काँग्रेसका भरत रोकाया गाँउपालिका अध्यक्षमा र मैना जौशी उपाध्यक्षमा बिजयी भएका छन भने उनका प्रतिदन्दि एकिकृत समाजबादीका चिरञ्जीवी शाही पराजित भएका छन । शाही २०७४ सालको स्थानिय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै वडा नं. १ मा नेकपा माओवादी, २ नम्बरमा नेपाली काँग्रेस वडा नं. ३ मा नेकपा एमाले र वडा नं. ४ नेपाली काँग्रेस र वडा नं. ५ मा नेपाली काँग्रेस विजयी भएका छन । गाँउपालिकाको ३ वटा वडाहरुमा नेपाली कँग्रेस र एक वडामा नेकपा एमाले र एउटामा नेकपा माओवादी केन्द्रको जितेको छ । यस्तै  जिल्लाको गौमुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार हरिबहादुर रोकाया र उपाध्यक्ष उम्मेदवार सिता थापा(.रोकाया) विजयी भएको निर्वाचन अधिकृत शान्तिबहादुर बस्नेतले जानकारी दिएका छन् । एमालेबाट अध्यक्षका उम्मेदवार रोकायाले ३४३४ मत ल्याएका छन् । भने उपाध्यक्ष थापा(रोकाया)ले ३१९४ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार बनेका हिरेन्द्रबहादुर रोकाया र उपाध्यक्षका उम्मेदवार बनेकी उमा रोकाया पराजित भएका छन् । अध्यक्षका उम्मेदवार रोकायाले १४७० मत ल्याएका छन् । भने उपाध्यक्षकी उम्मेदवार रोकायाले १७४४ मत ल्याएर पराजित भएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!