युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
156 पटक पढिएको

बाजुरा– बैशाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनको बाजुरा जिल्लाका ७ वटा स्थानिय तहहरुमा अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिकाका केही वडाहरुको मत परिणम आइसकेको छ भने केही वडाहरुको मत परिणम आँउन बाँकी रहेको छ । जिल्लाको बुढीगंगा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका जनक बोहरा अग्र स्थानमा रहेका छन भने नेपाली काँग्रेसका पदम कुमार गीरी पच्छ्याइ रहेका छन ।
जिल्लाका ७ वटा स्थानिय तहको अन्तिम मतपरिणम यस्तो रहेको छ ।

. स्वामिकार्तिक खापर गाँउपालिकामा
बाजुरा जिल्लाको सबै भन्दा पहिला स्विामिकार्तिक खापर गाँउपालिकाको मत गणना सार्वजनिक भएको हो । स्वामिकार्तिक खापर गाँउपालिकामा नेपाली काँग्रेसका भरत रोकायाले २,०११ मत ल्याएर अध्यक्षमा बिजयी भएका छन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका चर्तुभुज शाहीले १,७१७ मत ल्याएर पराजित भएका छन । त्यस्तै गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसकी मैना जोशीले १,८१० मत ल्याएर उपाअध्यक्षमा बिजयी भएकी छन भने उनकी प्रतिस्पर्धी नेकपा एमालेका सुलोचना भण्डारीले १,८३७ मत ल्याएर पराजित भएकी छन ।

२.बडीमालिका नगरपालिका
नेकपा एमालेकोे तर्फबाट मेयर पदमा अम्मर खड्काले ४०१९ मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका धनराज पण्डितले ३५५२ मत प्राप्त गरी पराजित भएका छन । उप–मेयर पदमा नेकपा एमालेको तर्फबाट नन्दा थापाले ४२३३ मत ल्याएर बिजयी भएका छन । नेपाली काँग्रेसको तर्फबाट उनकी प्रतिस्पर्धी राधिका सिंहले ३३५१ मत पराजित भएकी छन । विजयी मेयर खड्काले नेपाली काँग्रेसका पण्डितलाई ४६७ को फराकिलो मतान्तरले पराजित गरेका छन् । उपमेयर पदमा नन्दा थापाले नेपाली काँग्रेसकी राधिका सिंहलाई ८८२ फराकिलो मतान्तरले पराजित गरेकी हुन ।

३.जगन्नाथ गाउँपालिकामा गाउँपालिका
नेकपा एमालेको तर्फबाट गाँउपालिका अध्यक्षमा काली बहादुर शाहीले २,३१९ मत विजयी भएका छन । नेपाली काँग्रेसका सुन्दर विष्टले १,८७० मत ल्याएर पराजित भएका छन । उपाध्यक्षमा नेकपा एमालेका मरुकला विष्टले २,११८ मत ल्याएर विजयी भएकी छन । उनका प्रतिद्धन्द्धी गठबन्धनका धर्मराज शाहीले १,६८० मत ल्याएर पराजित भएका छन् । जगन्नाथ गाउँपालिकाको वडा १ बाहेकका अन्य पाँच वटा वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
४.हिमाली गाउँपालिका
हिमाली गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गोविन्द्र बहादुर मल्ल २,३८४ मत ल्याएर विजयी भएका छन् । भने नेकपा एमालेका अजबहादुर मल्लले २,२६९ मत ल्याएर पराजित भएका छन् । गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी राजकला सार्कीले २३६७ मत ल्याएर विजयी भएकी छन् । नेपाली काँग्रेसकी कमला रावत (रोकाया) ले २,२८६ मत ल्याएर पराजित भएकी छन् । ७ वडा रहेको सो गाउँपालिकामा ५ वडा नेपाली काँग्रेसले जितेको छ । भने २ वडा नेकपा एमालेले जितेको छ ।

५. खप्तड छेडेदह गाउँपालिका
खप्तड छेडेदह गाँउपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दिलबहादुर रावतले ३,७४७ मत ल्याएर विजयी भएका छन । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका खड्कबहादुर बुढाले ३,५५८ मत ल्याएर पराजित भएका छन् । गाँउपालिकाको उपाध्यक्षमा नेपााली कांग्रेस उम्मेदवार विशुदेवी नाथ ३,६४२ मत ल्याएर बिजयी भएकी छन भने उनकी प्रतिस्पर्धी नेकपा एमालेकी मनदेवी ओलीले ३,५९४ मत ल्याएर पराजित भएकी छन ।

६. त्रिवेणी नगरपालिका
नेपाली कााग्रेसका उम्मेदवार कर्णबहादुर थापाले ४,७६१ मत ल्याएर विजयी भएका छन । एमाले माओवादी बाम गठबन्धनका उम्मेद्वार मोतिसिंह बुढाले ३५८६ मत ल्याएर पराजित भएका छन् । उप प्रमुखमा नेपाली काँग्रेसकी कमला जैशी (न्यौपानें) ले ४ हजार ७४३ मत विजयी भएकी छन् ।

७. गौमुल गाउँपालिका
गाउँपालिकाका अध्यक्ष नेकपा एमालेका हरिबहादुर रोकायाले ३,४३४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार हिरेन्द्र बहादुर रोकायाले १४७० मत ल्याएका छन् । त्यस्तै गाँउपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सीता थापाले ३,१९४ मत ल्याएर विजयी भएकी छन् भने उनकी प्रतिस्पधी नेपाली काँग्रेसकी उमा रोकायाले १,७४४ मत ल्याएर पराजित भएकी छन् । गौमुल गाँउपालिकामा नेकपा एमालेले ६ वटै वडा र गाँउपालिकाको अध्यक्ष उपाअध्यक्ष जित हात पारेको छ ।–त्यस्तै नगरपालिकाको उप मेयर पदमा नेपाली काँग्रेसकी रिता सिंहले अग्र स्थान लिइ रहेकी छन भने उनका प्रतिस्पर्धी स्वतन्त्र उममेद्वार राम बहादुर बोहरा पच्छ्याइ रहेका छन । जिल्लाको बुढिगंगा नगरपालिकाका वडा नं. २,३,५ र ९ वडाहरुमा बुद क्याप्चर भएर विवाद उत्पन्न हुँदा मतदान स्थगित गरिएको थियो । स्थगित भएका २, ३, ५ र ९ वडाहरुको मतदानका लागि आज प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेलको अध्यक्षमा जिल्ला स्थित सुरक्षा निकाय र निर्वाचन अधिकृत लगायतको उपस्थितिमा निर्वाचन लक्षित जिल्ला निर्वााचन समितिको बैठक बसी आजै निर्वचन हुने भनिएको निर्वााचन बिबिध कारणले अर्को निर्णय नभए सम्मका लागि स्थगित गरिएको जिल्ला प्रसाशन कार्यालयले एक सुचना सार्वजनिक गरिएको छ । बुढीगंगा नगरपालिकामा मेयर पदका लागि नेपाली कााग्रेसबाट रंग बहादुर खाती र नेकपा एमालेबाट राम बहादुर बानिया प्रतिस्पर्धामा रहेका छन भने उप मेयर पदका लागि नेपाली कााग्रेसबाट रिता शाही र नेकपा एमालेबाट माया कुँवर प्रतिस्पर्धामा रहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!