गाेरख बिष्ट
✍️विगत लामो समयदेखि चल्दै आएको गुटगत राजनिति ले सबैलाइ नोक्सान ब्यहोर्नु पर्यो । हुन म एक सामान्य घरपरिवार को साधारण कार्य कर्ता हु ९ बर्ष देखि प्रभासमा कर्मभुमि बनाएर जिल्ला को शाखा संगठन चलाएर राजनिति मा विभिन्न स्थानमा उपशाखा स्थापना गरियो! संगठन स्थापना कालदेखि हालसम्म सम्म पदिय जिम्मेवारी बहन गरेको छु । गल्ति कमि कम्जोरी होलान त्यसमा माफी चाहान्छु । तर वडा देखि केन्द्रीय स्तरमा तपाईंहरुको चलखेलले आज सिंगो पार्टी धराप जाँदैछ ।
👉प्रश्न
१ ) चुनाव अगाडि तपाइँहरुले कति पटक समिक्षा गर्नु भो ?
२) वडा देखि गाउँ र नगर सम्म पेनल छुट्याएर मन मुटाव हुनको कारण केहो ?
३) विगत ५ मा ४ नगरपालिका र दुइ गाँउपालिका जितेर कति कार्यकर्ता सेभ गर्नु भो ?
४) गुटउपगुठको नाममा बोलिएका नेतृत्व हरु ले जनताको मन किन जित्न सक्नु भएन ?
५) जिल्लाको हकमा पार्टी को सबै भन्दा ठुलो पोष्ट पाउनु भएका उच्च नेतृत्व संग कति दिन बहस र छलफल भयो?
६) महाधिवेशन पश्चात जिल्ला भरि छरिएर रहेका पदिय जिम्मेवारी बोकेका हस्तिहरु संग राम्रो सम्बन्ध किन गरिएन ?
७) टोल, वडा,नगर , क्षेत्र, जिल्ला प्रदेश र केन्द्र स्तरका सभापति हरु ले कति दिन गोष्ठी र अन्तरक्रिया गर्यौ?
८) मैंले उठे जित्छु अर्को उठ्दा हराउने सिप र सिक कस्ले सिकायो?
९) यहाँ दोस एउटै को छैन सबैको छ यसको जवाफ देहि को? १०) टिकट बाँड्ने बोडिले रातारात एउटा लाइ किटान गरी अर्को लाइ उचाल्ने नियम कस्ले बनायो?
११) यदि चुनाव जित्ने वातावरण र माहोल बनाउन जानेको भए १ महिना अगाडि तयारी भैसक्य्थो यसो किन भयो ?
१२) अहिले हार खेप्नु पर्दा म बेहोछु भनेर कसैको फोन नउठाउँदा कमाएका कार्य कर्ता पनि सम्माल्न मुस्किल भो यसको जवाफ देहि को?
१३) आफ्नो घरको सल्लाह दिन नसक्ने ले अरुलाइ सल्लाह कसरी दिन सक्छ ?
१४ कतिपय कार्य कर्ता हरु हरुले चुनावी अभियानमा आफ्नो ब्यक्तिगत खर्च गरेका छन यिन जवाफ देहि को?
👉कारण
१)जस्लाई आफ्नो परिचय दिन आउदैन उस्लाइ टोल देखि वडा सम्मको नेतृत्व मा सभापति बनाएका छौ ।
२) जस्लाई राजनिति पाठसिकेको छैन उस्लाइ पार्टी प्रवक्ता बानएका छौ !
३) जस्लाइ संगठन मान मर्यादा र दक्षता छैन उस्लाइ डिजाइनर बनाएका छौ!
४) जस्लाई पार्टीको चिठ्ठी र निवेदन लेख्न आउदैन उस्लाइ सचिव नियुक्त गरेका छौ!
५) जस्लाइ कम्प्युटर थिच्न आउदैन उस्लाइ अप्रेटर बनाएका छौ!
६) जस्लाई सम्बोधन गर्न आउदैन उस्लाइ कुर्सीमा बसेर खादा अोडाएका छौ !
७ ) जस्लाई मोबाइल राम्रो संग चलाउन आउदैन उस्लाइ प्रचार पसार प्रमुख बनाएका छौ !
८) जस्ले कौडि खर्च गर्दैन उसलाई पार्टीको आर्थिक संयोजक राखेका छौ !
९) जस्लाई आफ्नो पद थाहा छैन उस्लाइ टिकट दिएका छौ !
१०) स्नातक तह पास गरेका युवा हरु म्यादि गए अनपढ गवार हरु पार्टी को नेता बनाएपछि कसरी सफल हुन्छौ!
११) अक्षर पड्न नजान्ने हरु पार्टी को एजेन्ट बनाएका छौ ।
१२) नातावाद , कृपावाद र आफ्ना लाइ सेभ गर्न खोज्दा डिग्री पढेका युवालाइ नचिन्दा चुनावमा हार खेप्नु परेको हो !
👉समस्या
स्थानीय चुनाव हार्दा को खेप संघको चुनाव अन्तिम नतिजा आउदैछ । तपाईं हरुले जो जहाँ बाट रोल खेलेर काँग्रेस धोस्त पार्ने खेल खेले नि त्यो अरुलाइ होइन आफै धोस्त हुदैछौ । राजनीति मा कुटनितिक र रणनीति योजना बनाउन नसक्दा अझ बढी ठुलो भुकम्प जाने सम्भावना देखिन्छ ।
👉🤝समाधान /संस्कार
तथानाम गालि गर्न र मुख छाड्न सबैलाइ आउछ । हाम्रो तर नैतिकताले मान्दैन । सव्य , निष्ठा, बौद्धिकता, विवेक र त्यागको राजनिति गर्न सिकौं । धेरै पदिय जिम्मेवारी बोकेको लाइ बहिस्कार गरौं। एक अर्को लाइ सम्मान गरौं , पारिवारिक तिक्तता भएपनि घरभित्र समाधान गरौं , सबैको सल्लाह लिउ , समय समयमा छलफल , अन्तरक्रिया र गोष्ठी गरौं , हामि चुक्यौ , कहाँ कम्जोरी भयो , आफ्नो आफ्नो गल्ली कमि कम्जोरी हरु औल्याउ अबस्य सफल हुने छौं। हो यदि सक्दैनौ भने अव युवाहरु र जनता हरु लाटा छैनन , आगामि पाँच बर्ष पछि स्वतन्त्र उम्मेदवार धेरै उब्जिने छन मन सफा राखौ पैसाले हैन भावनाले गदर गर्न सिकौं सब्यता परिचय दिउ , सयम्ता अप्नाउ , धेैर्यता को फल मिठो हुनेछ जय नेपाल जय युवा जय देश जय जनता । सबैलाई आफै चेतना आवस 🙏 बाकि अर्को अध्यायमा ✍️
✍️गोरख बिष्ट
पूर्व अध्यक्ष
अन्तर्राष्ट्रिय नेपाली रक्तदान समाज भारत एवं नेपाली कांग्रेस बाजुरा पूर्व जिल्ला कार्यसमिति सदस्य