
बाजुरा— जिल्लाका नव निर्बाचित ७ पालिकाका जनप्रतिनिधीहरुले पद तथा गोपनियतको सपथ ग्रहण लिएका छन । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनबाट निर्बाचित ७ पालिकाका प्रमुख, उप प्रमुख र अध्यक्ष र उपाअध्यक्षहरुले सपथ लिएका हुन । जिल्ला सदरमुकाम मार्तडीमा मुख्य निर्बाचन अधिकृतद्धारा उनिहरुले सपथ लिएको मुख्य निर्बाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिका, त्रिबेणी नगरपालिका, गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाका जनप्रतिनिधीहरुले सपथ दिएको मुख्य निर्बाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

बाजुरामा निर्वाचन सम्पन्न भएका ७ पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई सपथ ग्रहण गराईएको छ । सदरमुकाम मार्तडीमा शुक्रबार ७ वटा पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले सपथ ग्रहण गराएका हुन् । बाजुराका ९ वटा पालिका मध्ये ७ वटा पालिकामा जनप्रतिनिधि निर्वाचित भईसकेका छन् । जसमध्ये बडीमालिकामा एमाले, त्रिवेणी नगरपालिका नेपाली काँग्रेस , र खप्तड क्षेडेदह एमाले, गौमुलमा एमाले, हिमालीमा कांग्रेस र जगन्नाथ गाउँपालिकामा एमालेले नेतृत्व गरेको छ ।

प्रमुख तथा अध्यक्षको सपथ ग्रहणमा बडीमालिका नगरपालिकाका सबै जनप्रतिनिधिलाई सपथसहित प्रमाणपत्र वितरण गरिएको थियो ।
त्यस्तै बाँकी रहेका बुढीनन्दा नगरपालिकामा मतगणना भईरहेको छ भने बुढीगंगा नगरपालिकामा भने मतदान सम्पन्न भएको एकहप्ता वितिसक्दा पनि मतगणना सूरू हुन् सकेको छैन् ।

त्यसै गरी सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का र उप प्रमुख नन्दा थापा र वडाअध्यक्षहरुले भदभार समेत समाली सकेका छन । नौ स्थानीय तह रहेको बाजुरामा बुढिन्दा नगरपालिकाको मतगणना जारी रहेको छ भने बुढीगगा नगरपालिकाको मतगणना अन्यौलमा रहको छ ।












