बाजुरा – जिल्लाको त्रिवेणी नगरपालिकाका नव निर्वाचित नगर प्रमुख कर्णबहादुर थापाले तोली छतारा सडकको डवल कटिङ्गको शिलान्यास गरेका छन् । आइतबार नगर प्रमुख थापाले औपचारिक रुपमा तोली छतारा सडकको डवल कटिङ्गको गरेका हुन् । ७ किलोमिटर डवल कटिङ्ग हुदा वडा नम्बर १ नम्बर देखि वडा नम्बर ४ को तोली, छतरा, पुर्भुताका जनताहरु यातायातको सहज पहुँच हुने भएको छ ।
सहज रुपमा उक्त नगरपालिकाका नागरिकले यात्रा गर्न सक्ने गरी सडकको डबल कटिङ्ग सुरु गरिएको त्रिवेणी नगरपालिकाले जनाएकाे छ । दुर्गममा रहेको साविकको छतारा गाविसका नागरिकले कच्ची बाटोमा यात्रा गर्दै आएकाले उनीहरुले सवारी साधनमा सहज रुपमा यात्रा र सडकमा संचालन हुने यातायात दोहोरो आवतजावतमा समस्या हटाउने गरी डवल कटिङ्ग सुरु भएको हो । शिलान्यास कार्यक्रममा नगरपालिकाकी उपमेयर कमला जैशी, नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य रनसिं अयडी, बाजुरा प्रदेश ‘ख’का सचिव दिलबहादुर थापा, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य राजेन्द्र खत्री,काँग्रेस त्रिवेणी नगर कार्यसमितिका सभापति सुरेन्द्रराज गिरी, उपसभापति खगेन्द्र साउँद, सचिव गणेश साउँद, मिलन बुढथापा, बीरबहादुर विष्ट लगायतका नेताहरुको सहभागीता रहेकाे थियाे ।