
बाजुरा –जिल्लाको बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्का र नगर उप प्रमुख नन्दा थापाले पदभार ग्रहणपछि गरेका निर्णयहरुपत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएकाे छ । आज बडिमालिका नगरपालिकबाको सभाहलमा एक कार्यक्रमका बिच जिल्ला स्थित सञ्चारकर्मीहरुको उपस्थितिमा उक्त निर्णयहरु सार्वजनिक गरिएको हो । नवनिवार्नचित जनप्रतिनिधिहरु नगर प्रमुख खड्का र उपप्रमुख थापाले गरेका निणयहरुमा गरिब, विपन्न नागरिकलाई निःशुुल्क एम्बुुलेन्स सेवादेखि विपद् कोष स्थापनासम्म लगायत समग्र नगरबासिका आवश्यकतालाई मध्यनजर गर्दै नगरको बिकास र नगरवासिको साभा हितका बिषयहरु समेट्नुका साथै समृद्ध नगर सुखि नगरवासिको परिकल्पनालाई अगाडी सारिएको छ । नगरभित्रका नागरिकको शिक्षा स्वास्थ्य र रोजगारिलाई बिशेष पहिलो प्रथामिकतामा राखेको नवनिर्वाचित जनप्रतिनिधिहरुले पत्रकार सम्मेलनमा बताएका थिए।
साथै नगरको समग्र बिकासका लागि कटिपय छुटपुट भएका कुराहरुलाई फेरी समेट्ने तयारीमा आफुहरु रहेको र समाजमा व्याप्त कुरुति कुसस्कारहरुको अन्त्यका लागि पनि योजनाबद्ध ढङ्गले अगाडी बढ्ने उनिहरुको भनाई थियो । पत्रकार सम्मेलनमा नवनिर्वाचित जनप्रतिनिधिहरुले आफुहरु पत्रकारिता क्षत्रबाटै राजनितिमा सक्रिय भएको हुदा पत्रकारिता क्षत्रको बिकासका लागि बडिमालिका नगरपालिकाको जनप्रतिनिधिको हैसियतले सहयोग गर्न सधै कतिबद्ध रहेको बताएका हुन् । जिल्लामा महिला पत्रकारहरुको सङख्या कम रहेको हुदा महिला पत्रकारहरुको सङख्या बृद्धिका लागि के गर्न सकिन्छ भन्ने बिषयको समेत कार्यक्रममा समिक्षा गरिएको थियो । साथै निर्वाििचत जनप्रतिनिधहरुले आफुहरुले चुनाव अघि गरेका प्रसितबद्धताहरु र पदभार ग्रहण पछी गरेका निर्णयहरु कार्यानयन हुन्छन् अथवा हुदैनन् भन्ने कुरामा कुनै दुई मत नरहेको बताउदै जनता सामु गरेका प्रतिबद्धताहरु सवै पुरा गर्ने पत्रकार सम्मेलनमा बताएका थिए ।
यसका साथै पत्रकारहरुले पनि नगरको बिकासका लागि आफुहरु संग सहकार्य थगरि आफुहरुले गरेका कामहहरुमा भएका कमिकम्जोरीहरुऔल्याउन र राम्रो कामको प्रसंसा गर्न पनि पत्रकारहरुलाई जनप्रतिनिधिहरुले आग्रह गरेका थिए । पत्रकार सम्मेलनमा बडिमालिका नगरपालिकाका निर्वाचित नगरप्रमुख अम्मर बहादुर खड्का, नगर उपप्रमुख नन्दा थापा, बडिमालिका वडा न. ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, नपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष छक्क मल्ल लगायत जिल्ला स्थित रेडियो तथा अनलाइनमिडियामा कार्यरत कर्मचारिहरुको सहभागिता रहेको थियो ।
यि हुन हर्नुहाेस निर्णयहरू
निर्णय नं. १ ः विशेष धन्यवाद ज्ञापन –निर्वाचन आयोग , सार्वभौम मतदाता, राष्ट्रसेवक कर्मचारी,नेपाली सेना, नेपाल प्रहरी , सशत्र प्रहरी , पार्टीका कार्यकर्ता, पत्रकार, पर्यवेक्षक, सम्बद्ध सरोकारवाला पक्षहरुलाई धन्यबाद ज्ञापन गर्ने ।
निर्णय नं. २ः क) निवर्तमान जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्ने ।
ख) निर्वाचन जनप्रतिनिधिहरुको आफ्नो कार्यकालभरी राष्ट्रिय पोशाक लगाउने । राष्ट्रिय पोशाकको रङ एउटै हुने छ ।
निर्णय नं.३ ः जनप्रतिनिधिहरु जनता, राष्ट्र, राष्ट्रियता, संविधान , सुशासन, नैतिक आचरण युक्त
जीवनयापनप्रति उत्तरदायी, जवाफदेहिता तथा पारदर्शिता कायम गर्न प्रत्येक
जनप्रतिनिधिहरुले निम्न बमोजिमका आचारसंहिता पालना गर्ने प्रतबिद्दता गर्दछौ ः
क.हामी शुसासनका निमित्त सुन्य सहनशिलता कायम गर्ने छौ ।
ख. हामी भ्रष्टाचार तथा अनियमिता गर्ने छैनौं । कसैले गरेमा सहने छैनौ ।
ग. हामी सामाजिक तथा लैङ्गिक विभेद रहित समाज निर्माणको अभियानमा समर्पित हुने छौ ।
घ. सामाजिक न्याय तथा सन्तुलित विकासको सिद्धान्तलाई पूर्णरुपमा कार्यन्वयन गर्ने छौ ।
ङ. समान अवसर श्रमको उचित सम्मान र ज्यालाको सुनिश्चितता गर्ने छौ ।
च. राजनितिक आग्रह र पूर्वाग्रहरुलाई पुर्णरुपमा निरुत्साहित गर्नेछौ ।
निर्णय नंं.४ः नगरपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीले तोकिएको समयमा तोकिएको पोशाकमा
कार्यालयमा उपस्थित भइ आफ्नो कार्यसम्पादनमा जानु पूर्व सामुहिक राष्ट्रिय गानमा सहभागीता हुनुपर्ने ।
निर्णय नं. ५ः नगरपालिकाबाट हुने सम्पूर्ण योजनाको लागत स्टीमेट नेपाली भाषामा हुनेछ ।
योजना तथा कामदारको भुक्तानी बैंकिङ कारोवारमार्फत हुनेछ । कामको गुणस्तरीयताको
मुल्याङ्गनका आधारमा भुक्तानी गरिनेछ ।
निर्णय नं. ६ः निर्बाचित जनप्रतनिधिले पदभार ग्रहण पूर्वको समयसम्म यस नगरले गरेका आर्थिक, सामाजिक, शैक्षिक तथा भौतिक पुर्वाधार विकास निर्माणको स्वयतपत्र मिति २०७९ जेठ २५ गते
सार्वजनिकरण गरिनेछ ।
निर्णय नं.७ ः निर्बाचित जनप्रतिनिधीहरुले चुनावमा गरेका प्रतिवद्धताहरु के कति पुरा गर्न सकियो भनेर नियमित आवधिक समिक्षा गरिनेछ । आम जनताको सन्तुष्टिको मुल्याङ्कन ÷ आफ्नो स्व. मुल्याङ्कन गरिनेछ । सक्ने काम गर्छु भनेर कसैलाई पनि झुटो आस्वासन तथा बचन दिइने छैन,
विनम्रतापूर्वक यो काम सम्भव छैन भनेर समयमै यथार्थ कुरा बताउनेछौ ।
निर्णय नं. ८ ः नगरपालिका सम्बन्धि छलफल तथा निर्णय गर्दा जनप्रतिनिधिहरुले आफ्नो परिवारका कुनै पनि सदस्यलाई सहभागी गराइने छैन । अनाधिकृत व्यक्तिले पालिकाको शक्ति र श्रोत प्रयोग गर्न सक्ने तर्फ जनप्रतिनिधि र कर्मचारी प्रशासन सजग र सचेत रहने छौ ।
निर्णय नं.९ः निर्वाचित जनप्रतिनिधिहरुको प्रत्येक आर्थिक वर्षको शुरु र अन्तिममा व्यक्तिगत सम्पत्ति विवरण नेपाल सरकारलाई बुझाइनेछ र सार्वजनिकरण गरिनेछ ।
निर्णय नं. १०. योजना छनोटका ७ वटा चरणलाई पूर्णकार्यन्वयन गरिने छ । नगरको समग्र
विकासको आवधिक योजना निर्माण गरी कार्यन्वयन गरिनेछ र पालिकाको यथार्त
गुरुयोजना नगर प्रोफाइललाई समय समयमा अध्यावधिक गरि गुणस्तरिय विकासको
सुनिश्चितता गरिनेछ । विपद प्रतिकार्य योजना निर्माण गरी नगरलाई विपद जोखिम
न्युनीकरण तथा व्यवस्थितकोषको स्थापना गरिनेछ ।
निर्णय नं.११. हामी नगरपालिका र नगर समस्त नागरिकको हितप्रति प्रतिवद्धता रहनेछौ ।
प्रचलित ऐन नियम नितिको अक्षरस पालना गर्ने छौ ।
निर्णय नं.१२. एम्बुलेन्स खरिद गरि नगरपालिका भित्रका गरिब, बिपन्न नागरिकलाई नगरपालिका भित्र निशुुल्क एम्बुुलेन्स सेवा उपलब्ध गराउने ।











