
बाजुरा – नेपाली काँग्रेस निकटको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचारर्थ रहेका विरामीलाई फलफुल वितरण गरेको छ ।शुक्रबार प्रेस युुनियन बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचाररत ९ जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको ३१ औं स्थापना दिवस मनाएको हो ।हरेक आन्दोलन व्यवसायिक पत्रकारिता क्षेत्रमा वकालत गर्दै आएको प्रेस युनियन ३१ औं वर्ष पुरा गरी ३२ औं वर्ष प्रवेशको अवसरमा विरामीहरुलाई फलफुल वितरण संगै विभिन्न रोगबाट ग्रसित भएर उपचारमा रहेका विरामीको स्वाथ्य लाभको कामना गरिएको छ ।

नेपाल प्रेस युनियन बाजुरा शाखाले आयोजना गरेको फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेस बाजुराका पार्टी सभापति रामसिंह रावल र प्रेस युनियन केन्द्रीय सदस्य दयाराम पण्डित, बडीमालिका नगरपालिका–४ का वडाध्यक्ष अर्जुन नाथ मार्फत विरामीलाई फलफुल वितरण गरि स्थापना दिवस मनाइएकोे नेपाल प्रेस युनियन बाजुराले जनाएकाे छ ।
स्थापना दिवसको फलफुल वितरण कार्यक्रममा सभापती रामसिंह रावल,बडिमालिका नगरपालिका वडा नम्मर ४ का वडा अध्यक्ष अर्जुन नाथ,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य दयाराम पण्डित, पत्रकार महासंघ बाजुराका बरिष्ठ उपाध्यक्ष पदम सिंह,प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौले , सचिव प्रशान्तराज जोशी, , प्रेस चौतारी नेपाल बाजुराका सचिव रमित वि।क।लगायत पत्रकारहरुको कार्यक्रममा सहभागी थिए ।२०४८ साल जेठ १३ गते जय प्रकाश प्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरि नेपाल प्रेस युनियनको जन्म भएको हो । अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था नेपाल प्रेस युनियन हो ।












