
बाजुरा- जिल्ला सदरमुकाम मार्तडीमा जिल्लाको बुढीगंगा नगरपालिकामा मतगणनाको माग गर्दै नेकपा एमालेले बिरोध प्रदशन गरेको छ । आज जिल्ला सदरमुकाम मार्तडी बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय सम्मनिर्वाचन आयोग विरुद्ध बिरोध प्रदशन गरिएको हो । उक्त नगरपालिका निर्वाचनको दिनमा धादली भएको भन्दै मतगरणा रोकिएको थियो । एथासिघ्र मतगणना गर्नुपर्ने माग नेकपा एमालेको थियो भने पुन मतदान गर्नुपर्ने माग नेपाली कांग्रेसको थियो ।
नेकपा एमालेले बुट क्याप्चर गरेर मतदाताको स्वतन्त्र मताधिकार खोसेको आरोप नेपाली कांग्रेसले लगाउदै आएको छ । मतदान भएको १२ दिन पछि मात्र हिजो निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगले पुन मतदान गराउने निर्णय गरेपछि नेकपा एमालेले निर्वाचन आयोगको उक्त निर्णयको घोर बिरोध गर्दै आपत्ति जनाएको छ । नेकपा एमलेका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेका छन् ।
बिरोध प्रदशनका क्रममा बडिमालिका नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत दाताराम प्याकुललाई कार्य कक्षबाट नेकपा एमालेका कार्यकर्ताहरुले अभद्र व्यवाहार गर्दै बाहिर ल्याइएको बताइएको छ । आफ्नो कार्य कक्षमा कार्यरत उनलाई कार्यकर्ताहरुले जवरजस्ती उठाएर बाहिर ल्याइएको सो नगरपालिकामा कार्यरत अन्य कर्मचारीहरुको आरोप छ । प्रमुख प्रशासकिय अधिकृत प्याकुरेल बुढिगंगा नगरपालिकामा मतदानको दिन सुपरिवेक्षकका रुपाआ खटिएका थिए । सो दिन असहयोग गरेको भन्दै प्रमुख प्रशासकिय अधिकृतलाई कार्यकक्षबाट अभद्र व्यवाहार गर्दै लगिएको भन्दै नगरपालिकामा कार्यरत अन्य कर्मचारीहरुले आपत्ति जनाएका छन् । यस्तै जिल्ला विभिन्न सडकहरुमा तायर बाल्दै आन्दोलन गरेका थिए ।त्यस्तै अतिआवस्यक बाहेकका सवारी साधन समेत बन्द गरिएको थोयो । अहिले सवारी साधन भने खुला गरिएको बताइएको छ ।











