युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
355 पटक पढिएको

बाजुरा – नेपाल निजामती कर्मचारी युनियन संघ जिल्ला शाखा बाजुराले जिल्लाको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल माथी नेकपा एमालेका कार्यकर्ताहरुले अभद्र व्यवाहार गरेको भन्दै प्रेस बिज्ञपति मार्फत ध्यानाकर्षण गराएको छ ।

आफ्नो कार्यकक्षमा काम गरिरहेका प्रमुख प्रशासकिय अधिकृतमाथी कार्यकक्षमै पुगेर बलपूर्वक धकेलेर बाहिर ल्याइएको प्रती नेपाल निजामती कर्मचारी युनियन संघ बाजुराले घोर आपत्ति जनाएको छ । बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनको मतपेटिका ल्याएर जिल्ला सदरमुकाम पुगेका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टलाई नेकपा एमालेका जिल्ला कमिटी बाजुराका जिल्ला कमिटी सदस्य कासी बि. कले टेलिफोन बाट धम्काएको घटना सेलाउन नपाउदै आज पुनः बडिमालिका नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत माथी नेकपा एमालेका नेताको ठाडो आदेशमा कार्यकर्ताहरु कार्य कक्षमै पुगेर गरेको दुर्ववहार घोर निन्द्रा र भत्सना गर्दछौं प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । सो घटना संलग्न दोषीलाई कडा कारवाहीको माग समेत बिज्ञप्ती मार्फत गरेको छ ।

बिगतका दिनहरूमा नेकपा एमालेले जिल्ला अदालतमा सुरक्षार्थ प्रहरी माथी नेकपा एमाले कर्याकर्ताहरुले गरेको दुर्ववहार सवै सामु छर्लङ्ग छ । कर्मचारी माथी हुने हातपात गाली, धम्की, डर पुर्ण व्यवाहार राजनीति दलले गर्नुभन्दा प्रशासनिक निकाय हुदा हुँदै कानुन हातमा लिने अधिकार कसैलाई नभएको व्यहोरा जानकारी गराउदछौं प्रेस बिज्ञप्तीमा भनिएको छ ।बिरोध प्रदशनका क्रममा बडिमालिका नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत दाताराम प्याकुललाई कार्य कक्षबाट नेकपा एमालेका कार्यकर्ताहरुले अभद्र व्यवाहार गर्दै बाहिर ल्याइएको बताइएको छ । आफ्नो कार्य कक्षमा कार्यरत उनलाई कार्यकर्ताहरुले जवरजस्ती उठाएर बाहिर ल्याइएको सो नगरपालिकामा कार्यरत अन्य कर्मचारीहरुको आरोप छ । प्रमुख प्रशासकिय अधिकृत प्याकुरेल बुढिगंगा नगरपालिकामा मतदानको दिन सुपरिवेक्षकका रुपाआ खटिएका थिए । सो दिन असहयोग गरेको भन्दै प्रमुख प्रशासकिय अधिकृतलाई कार्यकक्षबाट अभद्र व्यवाहार गर्दै लगिएको भन्दै नगरपालिकामा कार्यरत अन्य कर्मचारीहरुले आपत्ति जनाएका छन्

कार्यकक्षमै प्रमुख प्रशासकिय अधिकृत माथी गरेको अभद्र व्यवाहारको कडा आलोचना भैरहेको छ । अधिकृत प्याकुरेल माथि हातपातको प्रयास समेत गरिएको नेपाली कांग्रेसको एक श्रोतले जनाएको छ । उनको कोट र सटका बटन समेत चुडिएको पनि बताइएको छ ।यस्तै राष्ट्रसेवक कर्मचारी माथी कार्यकक्षमै राजनीति प्रतिसोध राखी जिम्मेवार राजनीति दलले बारम्बार दुर्ववहार गर्नु लज्जास्पद बिषय भएको र दोषीलाई कारवाहिको सहित नेपाल निजामती कर्मचारी युनियन संघ केन्द्रीय समितिले पनि प्रेस बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ ।

यस्ताे छ हेर्नुहाेस केन्द्रीय समितिकाे प्रेस बिज्ञप्ती

 

Open photo

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!