युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
323 पटक पढिएको

बागलुङ : कोरोना संक्रमणका कारण जिल्लाको बडिगाड गाउँपालिकामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। कोभिड संक्रमणबाट ८७ वर्षिय पिताको निधन भएको एक सातापछि दुई छोराको कोरोना संक्रमण पस्चात उपचारकै क्रममा मृत्यु भएको हो ।
धौलागिरी अस्पतालमा उपचारत बडिगाड गाउँपालिका–४ का ४० वर्षको पुरुषको गए राती मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । बुटवल बस्दै आएका ५२ वर्षीय जेठो छोराको भने गण्डकी अस्पताल पोखरामा उपचारकै क्रममा गए रातीनै मृत्यु भएको हो। उनी भारतीय सेनाबाट दुई महिना अघि मात्रै अवकाश लिएर आएका थिए ।
पोखरामा मृत्यु भएकाको शव बागलुङ ल्याउने अथवा पोखरानै अन्त्येष्टी गर्ने भन्नेमा छलफल भइरहेको पारिवारिक स्रोतले जनाएको छ। यो परिवारका अन्य सदस्यहरु समेत संक्रमित भएका छन्। पारिवारिक सदस्यकै बिहेको क्रममा कोरोना संक्रमण फैलिएको आँकलन छ ।
मृतकका पिताको यसअघि कोरोना संक्रमण पुष्टि भएर स्वास्थ्य जटिलता भएपछि धौलागिरी अस्पतालमा ८७ वर्षको उमेरमा यही वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो ।
अटेर गरेर बिहे लगायतका कार्यमा भिडभाड गर्दा, रोक लुकाएर घरमै बस्दा, कोरोनालाई सामान्य आँकलन गर्दा, लकडाउनको उपयोगमा जुवातास खेल्दा गाउँपालिकामा बढी संक्रमण फैलिएका बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी कंडेलले बताए। ‘गाउँपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न भनिरहेका छौ, तर विवाह, चौरासी लगायतका भीडभाड हुने कार्य मनपरी गर्दा गम्भीर भयावह र क्षति बेहोर्नु पर्ने अवस्था आएको छ,’कंडेलले भने, ‘ हामीले सक्दो रोकथाम नियन्त्रणको कोसिस त गरिरहेका छौँ, चेकजाँच, उपचारका लागि प्रयासरत छौँ अब पनि बेवास्ता गर्ने हो भने कहाली लाग्दो अवस्था भोग्नुपर्ने निश्चित छ ।’
योसँगै बागलुङमा मृत्यु हुनेको संख्या २३ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै जिल्लामा ६ जनाको ज्यान गएको छ भने २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ जिल्लामा तिव्रतर गतिमा कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले १० दिनका लागि निषेधाज्ञा जारी गरेको थियो। उक्त निषेधाज्ञाको समय आज राति सकिदैन । कोरोना भयावह अझ बढ्दो क्रममा रहेकाले आगाम जेष्ठ १५ गते सम्मका लागि १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय भइसकेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
अाजकाे अन्नपुर्ण पाेष्टमा छापिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!