काठमाडौं- विमान दुर्घटनास्थल पुगेका सामाजिक अभियन्ता एवं होटेल व्यवसायी इन्दुसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन्। उनले जीवित अवस्थामा कोही पनि नभेटिएको बताउँदै नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शव संकलन गरिरहेको बताएका हुन्।
आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए भने चालक दलका ३ सदस्य पनि थिए।
दिनेश खबरबाट साभार