युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
364 पटक पढिएको

काठमाडौँ । आइतबार तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव सिधै काठमाडौँ ल्याइने भएको छ । मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरे भन्ने भिरमा जहाज दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो ।

 

दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमान सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ । जहाजमा सवार कसैलाई पनि जीवित अवस्थामा भेट्न सम्भावना नरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन् ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले २२ मध्ये १४ जना यात्रुको शव संकलन भएको पालिका खबरलाई जानकारी दिएका छन् ।

 

अहिले त्यहाँ सेना र स्थानीयको टोलीले थप शव संकलन गरिरहेका छन् । तर, प्रतिकुल मौसमका कारण दुर्घटनास्थलमा उद्धार टोली पठाउन कठिनाइ भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्धार समन्वय केन्द्रका अनुसार कैलाश र डाइनस्टी एयरको हेलिकोप्टरमार्फत टोली पठाउने प्रयास भए पनि सम्भव भएको छैन ।

 

दुर्घटनास्थल पुगेका स्थानीयहरूका अनुसार कोही पनि घाइते वा जीवित रहेको देखिँदैन । स्थानीयका अनुसार विमानसँगै यात्रुहरूको शव समेत टुक्रा टुक्रा भएका छन् । तर, अहिले पनि कोही जीवित भेटिन्छन् कि भनेर थप टोली पठाउन खोजिएको उनी बताउँछन् । प्रतिकुल मौसमका कारण त्यो पनि सम्भव हुन सकेको छैन ।

 

‘तीन पटकसम्म गरिएको प्रयास असफल भएपछि दुर्घटनास्थलबाट हेलिकोप्टर फिर्ता भएको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्धार समन्वय केन्द्रका ती अधिकारीले पालिका खबरलाई जानकारी दिए ।

 

अहिले कोभाङमा कैलाश र डाइनस्टी एयरको हेलिकोप्टर तैनाथ राखिएको उनले बताए । उनका अनुसार जोमसोम विमानस्थलमा फिस्टेल एयरको हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको छ ।

 

नेपाली सेनाले भने हेलिकोप्टरबाट ११ हजार फिटको उचाइमा १५ जना सैनिकलाई उतारेको छ । नेपाली सेनाका अनुसार उनीहरू पैदल हिँडेर दुर्घटना भएको स्थानतर्फ जाँदैछन् ।

 

दुर्घटनास्थल १४ हजार ५ सय फिट उचाइमा छ । यसअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली लिएर फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनास्थल नजिकै अवतरण गरेको थियो । दुई खेपमा त्यो हेलिकोप्टरले ८ जनालाई त्यहाँ लगेको थियो ।

 

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले दिएको जानकारी अनुसार दुर्घटना भएको स्थानमा ठूलो हेलिकोप्टर पठाउन सम्भव देखिएको छैन । त्यसैले सानो हेलिकोप्टरबाट पठाउने प्रयास जारी छ । साथै उनले अहिले माथि रहेको टोलीले शव संकलन गरिरहेको जानकारी समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!