युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
128 पटक पढिएको

बाजुरा– जिल्लाको मुख्य सडक खण्ड मानिने साफे मार्तडी सडक खण्ड यो वर्षको वर्षातमा पनि पुन अवरुद्ध हुने निश्चित देखिएको छ । विगत चार वर्षदेखी वर्षेनी ठाउँ–ठाउँमा उक्त सडक खण्ड अवरुद्ध हुँदै आएको छ । सो सडक खण्डले पुन यो बर्षको वर्षातमा पनि अवरुद्ध हुने सम्भावना देखिएको हो । हरेक वर्ष वर्षातको समय सुरु भए लगत्तै सडक खण्ड अवरुद्ध हुने गर्दछ । वर्षेनी सडक अवरुद्ध हुँदै आएको भएतापनी वैकल्पिक बाटोको खोजी र सडक मर्मत कार्यले भने तिब्रता पाउन सकेको छैन । उक्त सडक खण्डमा असार महिना सुरु हुना साथ पैदल यात्रा गरेर जिल्ला सदरमुकाम पुग्नुपर्ने हुन्छ । पैदल यात्रा गर्न सजिलो बाटो समेत हुँदैन । यात्रीहरु जिवनलाई मृत्युको दोसाँधमा राखेर यात्रा गर्न बाध्य हुन्छन् । आफ्नो ज्यानको बाजि राखेर जोखिम मोलेर भएपनि निकै सास्ती खेपेर सदरमुकामसम्म पुग्ने गर्छन् ।

उक्त सडक खण्डमा यात्रा गर्दै गर्दा बिगतका वर्षहरुमा मानवीय क्षती समेत बेहोर्नुपरेकोछ ।यात्रा गर्दैगर्दा माथीबाट ढुङ्गा आउने हुँदा त्रासैत्रासले यात्रा गर्नु यात्रीहरुको यो रहर नभई बाध्यता हो । लागातार चार वर्षसम्म वर्षेनी सडक खण्ड अवरुद्ध हुँदै आएको भएतापनी सडक खण्डको मर्मत र दिगो तरिकाले सडक संचालनका लागि कुनै पहल कदमी भएको पाइन्न । सो सडक खण्डको मर्मतसम्वारका लागिपनि कुनै चाख लाग्दो काम हुन सकेको छैन् । बर्षेनी करिव ३/४ महिना सडक अबरुद्ध हुदैँ आएको छ । गत वर्ष त सो सडक खण्ड ६ महिना सम्म अबरुद्ध भएको थियो ६ महिना पछी मात्र सदरमुकाम बासिले बसमा यात्रा गर्न पाएका थिए । गत बर्ष ६ महिना सास्ति खेप्दै पदल यात्रा गरेर मार्तडी पुगेका उक्त सडक खण्डमा सवारी साधनमा यात्रा गर्ने यात्रुहरु पुन पदैल यात्रा गर्नुपर्ने दिनहरु आउन धेरै समय बाँकी नरहेको बताउन्छन् ।

काम बिशेष धेरै जसो सदरमुकाम जानेहरुमा बर्षतनजिकिय संगै मनमा चिन्ता लाग्न थालिसकेको बताउन्छन् । “काम बिशेश वेला वेला मार्तडी गैराख्नुपर्छ ।गत बर्ष भोग्नुपरेको सास्ती सम्झिने हो भने मनमा डर उत्पन्न हुन्छ । बर्षात सुरु हुन लागिसक्यो । कसरी जाने मनमा चिन्ता लाग्न थालिसकेको छ त्रीवेणी नगरपालिकाका बिक्रम साँउदले भने” ।जिल्ला वासिलाई पैदल यात्रा गर्नुपर्ने चिन्ता मात्र छैन ।सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तुमा महङ्गीको मार समेत खेप्नु परेको छ । सडक अवरुद्ध भएपछि मान्छे लगाएर सामान ढुवानी गर्नुपर्ने हुन्छ । सवारी साधन नचल्ने भएपछि यसरी मान्छेद्वारा सामान ढुवानी गर्नुपर्ने हुँदा महङ्गोमा वस्तु बिक्रि गर्नु व्यापारीहरुको बाध्यता हो । जसको प्रत्यक्ष असर भने उपभोक्तामा पर्ने गर्दछ । उपभोक्ताहरु बर्षेनी महङ्गीको मार खेप्दै आइरहेका छन् । यो अवस्था पुनः यो वर्ष पनि दोहोरिने भएको छ ।

गाडी चड्न नपाई पैदल यात्रा गर्नु भन्दा बढी चिन्ताजनक विषय भनेको दैनिक उपभोग्य वस्तुमा बढ्ने मूल्य वृद्धि हो । वर्षात सुरु भए लगत्तै एक्कासी ढाड सेकिनेगरि उपभोग्य वस्तुमा हुने मुल्यवृद्धिले जिल्ला सदरमुकाम बासीलाई चिन्तित बनाउनु यो नौलो कुरा होईन । टाढाटाढाबाट पढ्नका लागि सदरमुकाम बस्दै आइरहेका विद्यार्थीहरुका लागि त झन चुनौतीको विषय हो । अन्य छ महिनामा जति खर्चले धान्छ त्यति खर्चले वर्षातको समय सुरु भईसकेपछी सोही खर्चले धान्दैन् । “अरु बेला रु १०० मा पाउने खाने तेल बर्षाको समय भएपछि सडक अवरुद्ध करिव १०÷१५ रुपियाँले एकैचोटि बढेको थियो । यस्तै अन्य दैनीक उपभोग्य बस्तुमा पनि यसरी नै मूल्य वृद्धि हुन्छ ।

फेरि यो बर्ष पनि यहि अवस्था त दोहोरिने त होला जिल्लाको बडिमालिका नगरपालिका वडा न ६ कोर्ध घर भएका जिल्ला सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना मा. बि मा अध्यनरत विद्यार्थी बल बहादुर खड्काले भने” । यदि सडक अवरुद्ध नहुने हो भने यसरी मूल्य वृद्धि नहुने उनको भनाई छ ।
यतिमात्र होइन सडक खण्ड अवरुद्ध भएपछि मानिसहरुको जिल्ला सदरमुकाम आवतजावतमा कमि आउने हुँदा व्यापारीहरुको व्यापार समेत चौपटमा पर्दै आएको व्यापारीहरुको भनाई छ । बर्षाको समयमा सदक अबरुद्ध हुने भएका कारण मार्तडीमा धेरै मान्छे नआउने हुदा अन्य समयमा जस्तो ग्रहाक बर्षातको समयमा नहुने सदरमुकाम मार्तडीका होटेल व्यावसायि हिक्मत बहादुर बोहोराले बताए ।

कार्यालयको काम काजका लागि जिल्ला सदरमुकाम आउदै गर्दा बिच बाटोमै पहिरो बगेर जानै नसकेर कतिपय बिच बाटोबाटै घर फर्कनु परेको जिल्लाको खप्तड छेडेदह गाउँपालिका स्थानिय बिष्णु धामीले बताए । सडक अबरुद्ध भएकै कारण उक्त बर्षातको समयमा अतिआवश्यक काम रोकिएको बाजुराका स्थानीयको गुनासो छ । यात्रीहरुका अनुसार असारको महिना सुरु भए लगत्तै पैदल यात्रा गर्नुपर्ने बाध्यता चार वर्ष बितिसक्दा पनि अझै नहट्ने भएको छ । ठाउँठाउँमा पैदल यात्रा गर्नुपर्ने र ठाउँठाउँमा गाडी चड्नुपर्ने हुन्छ । यात्रुहरू करिव ४÷५ वटा सवारी साधन फेरेर बल्लतल्ल जिल्ला सदरमुकाम मार्तडी पुग्ने गर्छन् । ६ महिना सवारी साधन चडेर जिल्ला सदरमुकामसम्म पुग्ने यात्रीलाई ६ महिना सास्ती खेप्दै मार्तडी पुग्नुपर्ने बाध्यता कहिलेसम्म पर्ला त हालसम्म यो अन्यौलता कायमै छ ।

वर्षेनी सडक खण्ड अवरुद्ध हुँदै आएको भएतापनि सरोकारवाला निकाय भने मौन नै रहेको बाजुरावासीको गुनासो छ । यतिबेला बाजुराको बिकास र परिवर्तन समृद्ध बाजुरा सुखी बाजुरेली बासिको अभिभारा पूरा गर्ने अठोटका साथ राजनीतिमा हामी लागेका हौं भन्दै खुला मन्चमा झुटा आश्वासन देखौउँदै भाषण गर्ने नेताहरू चर्को आलोचना समेत गर्ने क्रम जारी छ ।कतिपयले त बाजुराका नेताहरू केवल सत्ता र शक्तिको राजनीति गर्दै आफ्नो व्यक्तिगत स्वार्थका लागि जनताको आँखामा छारो फाल्ने कार्य गर्दै आएको आरोप समेत लगाउँदै आएकाछन् यदि जनताको पक्षमा काम गर्ने र जनताका समस्या समाधान गर्ने नेता बाजुरामा भईदिएको भए लागातार चार वर्षसम्म यो समस्या भोग्नुपर्ने थिएन होला भन्दै यात्रीहरुले दुखेसो गर्छन् ।

बाजुराको विकासको गीता गाउने नेताहरूको बर्चस्वका रुपमा रहेको बाजुरा जिल्लाको प्रमुख सडक खण्ड मानिने साँफे मार्तडी सडक खण्ड लगातार अवरुद्ध हुन थालेको तीन वर्ष बितेर ४ वर्ष बितिसक्दा पनि दिगो रुपमा संचालनका लागि कुनै पहल नहुनु आफैमा लज्जास्पद विषय हो । समृद्ध बाजुरा सुखी बाजुरावासी भन्ने बाजुराका प्रदेश र केन्द्रिय तहको नेतृत्व गर्ने प्रतिभाशाली नेताहरूको राजनीति जीवनको नारा केवल नारामा मात्रै सिमित भएको छ ।
साँफे मार्तडी सडक खण्ड मर्मतका लागि केही गर्दै नगरेको त होइनन् । हाल पनि सो सडक खण्डको जमिन भासिएर सडक अवरुद्ध भएको ठाउँमा पहिरो रोकथाम र नियन्त्रणका लागी अथाह प्रयास भईरहेको छ र ठाउँठाउमा तटबन्धन पनि भईरहेको छ तर यसलाई जनताका आँखामा छारो हाल्ने र देखावटी रुपमा आलटाल गर्ने काम मात्र भएको जानकारहरु बताउन्छ्न् ।

यदि समस्या समाधान नै गर्नु थियो भने वैकल्पिक सडक निर्माण हुनुपर्ने अथवा दिगो सडक मर्मत कार्यको थालनी हुनुपर्ने बुझाई अधिकांशको रहको छ । राजनीति जनताका लागि गर्छन् अथवा आफ्ना लागि गर्छन् साँफे मार्तडी सडक खण्ड लगायतका जिल्लाको पुर्वाधार विकासका कार्यलाई नियाल्ने हो भने प्रष्टै हुन्छ ।एउटा सडक वर्षेनी लागातार चार वर्षसम्म अवरुद्ध भईरहँदा केवल जनतालाई देखावटी रुपमा आफुले केही गरेजस्तोगरी केवल आलटाल मात्र गर्ने काम हुनुले राजनीति गर्नु र नगर्नुमा केही फरक नभएको बुझाई बाजुरा बासीको छ । सोही साँफे मार्तडी सडक खण्डको बाटो हुँदै काठमाडौँ पुग्ने नेताहरू एक पटक मेरो बाजुराको सडक खण्डको हालत यस्तो छ भनि किन बुझ्दैनन होला । कतिपयले सामाजिक संजालमा टिप्पणी पाइन्छ ।

बाजुराको माटोमा जन्मिएर केन्द्रिय स्तरमा नेतृत्व गर्ने नेताहरूबाट बाजुरा पुर्वाधार बिकासमा ओझेलमा पर्नु घृणित विषय हो ।प्रमुख सडक खण्ड त अवरुद्ध हुन्छ अन्य सडक खण्डको त के कुरा गर्नु नियमित संचालन हुने कुरै रहेन । अहिलेसम्म एउटा जिल्लाकै मुख्य सडक खण्ड मानिने सडकको समस्याको समाधान नहुनु र जनताले बर्सेनि सास्ती खेप्नुपर्ने बाध्यता नहट्नुले बाजुरा अझै साच्चिकै एउटा विकासवादी नेतृत्वको अभावमा छ भन्ने कुरा प्रष्ट हुन्छ । अवसरवादी नेताहरूको बर्चस्व रहेको बाजुरामा विकासवादी चिन्तन भएको नेतृत्वको खाँचो बाजुरा बासीलाई कहिलेसम्म हुन्छ होला अन्यौलको बिषय हो ।

यो विषयमा के? फेरिपनी विगतका वर्षहरु जस्तै सास्ती खेप्नुपर्छ अथवा केही समस्या समाधानको विकल्प अपनाइएको छ भनेर सोधेका थियौं । यो प्रश्नको जवाफ दिनुहुँदै सडक डिभिजन कार्यलय साँफेबगर अछामका सुचना अधिकारी अर्बिन्द कुमार गुप्ताले वैकल्पिक सडकका लागि प्रक्रिया पूरागरी अर्थमन्त्रालयसम्म पुगिसकेको बताउनुभयो । साथै उहाँले उक्त सडक खण्डमा प्रदेश सरकारबाट ५० लाख बजेट बिनियोजन गरेर तटबन्धनको कार्य सम्पन्न भैसकेको र पुन संघबाट सडक मर्मतका लागि बजेट बिनियोजन भएपछि ठाउँमाठाउँमा पहिरो नियन्त्रणका लागि हाल तटबन्धनको कार्य जारी रहेको बताउनुभयो ।

उहाँले सो ठाउँमा नै सडक पुन निर्माण गर्न उपयुक्त हुन्छ अथवा हुँदैन भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन । “उहाँले भन्नुभयो”“हामिले त्यो सडक खण्डको समस्या कति छ भनेर आँखाले हर्नै सकिँदैन । त्यसका लागि कतै ५० मिटर त कतै ४० मिटर खनेर माटोको बोल्डटेस्ट गरेका छौँ । रिपोर्ट आउन करिब पाँच महिना जति लाग्छ । त्यसपछि मात्र भन्न सकिन्छ सोही सडक खण्डलाई मर्मत गरेर दिगो बनाउन सकिन्छ कि सकिन्न भन्ने कुरा थाहा हुन्छ”। सुचना अधिकारी गुप्ताले विगतका बर्षहरुमा जत्तिकै सास्ती भने खेप्नु नपर्ने अपेक्षा आफुहरु रहेको बताउदै बर्षातमा सडक अवरुद्ध भएपछि तत्कालै मर्मत गराउने तयारी अवस्थामा सव डिभिजन कार्यालय अछाम रहेको उहाँले बताउनुभयो । कार्यालयको दुईवटा मेसिनहरु बाजुरामै रहेको हुँदा धेरै पहिरो गएमात्र समस्या हुने नत्र सामान्य ठाउँमा तत्कालै मर्मत गरेर सडक संचालन हुने उहाँको भनाई छ ।

यो सडक खण्डको बिषयमा नेपाली कांग्रेस बाजुराका सभापति रामसिंह रावललाई सोध्दा बैकल्पिक बाटोका लागि पहल भइसकेको र बिगतका वर्षहरुमा जस्तै सास्ति भोग्नु नपर्ने बताउनु भयो । सभापति रावलले साँफे मार्तडी सडक खण्ड बारै मास संचालनका लागि राष्टिय योजना आयोगका उपाअध्यक्ष बिश्वनाथ पौडेललाई आर्थिक वर्ष ०७९÷८०को बजेतमा समाबेश गरेर बजेट बिनियोज गरिदिन हुन भनि आग्रह गरेको बताउनुभयो । रावलले यौ अन्य थुप्र मागहरु राखेको र राष्टिय योजना आयोगका उपाअध्यक्ष बिश्वनाथ पौडेलले बार वटा पुल निर्माण गर्ने साँफे मार्तडीसडक खण्ड बाह्रै मास संचालन गर्ने जिल्ला राष्टिय बिद्युत प्रशारण लाईन जडान गर्ने आश्वासन समेत दिएर गएको समेत बताउनु भयो ।

साथै उहाँेले सडड बिभागले बैकल्पिक बाटोका लागिभने लगानी नगर्ने स्पष्ट पारिसकेको बताउनु भयो । उहाँका अनुसार बेतालमान्डौँ बाट बांनेगाँउ हुदैँ आटिचौर गाबिसको मैतोलाबाट बैकल्पिक सडक खण्डको प्रश्ताव अद्दि सारि।एका तर त्यसका लागि लगानी प्रदेश सरकारले अथवा स्थानिय सरकारले गर्नुपर्ने बताउनु भयो । राष्टिय योजना आयोगका उपाअध्यक्ष बिश्वनाथ पौडेलले आफुलाई आश्वासन दिए बमोजिमका योजनाहरुका लागि बजेत बिनियोजन भयो अथवा भएको छैन भन्ने कुरा बुझ्न बाँकी रहेको रावलको भनाई रहेको छ ।

यस्तै नेकपा एमालेका सचिव भरत थापालाई सोध्दा सो सडक खण्ड बाह्रै मास संचालनका लागि पार्टीको तर्पाबाट सरकारलाई पटक–पटक ध्यानकर्षण गराउदै आएको बताउनुभयो साथै सचिव थापाले सडक खण्डको मर्मतसम्वार तथा बैकल्पिक बाटो निर्माणका लागिसमेत आवश्यक पहल गरिरहेको बताउनुभयो । थापाले यतिवेला उक्त सडक खण्डमा यतिवेला संद्दिय सरकारबाट बिनियोजन भई भइरहेको टटबन्धन र माटोको प्ररिक्षण प्रतिनिधिसभा सांसद लाल बहादुर थापाकै पहलमा भएको दावीगर्नुभयो । यतिवेला आफुुुुहरु सत्ता पक्षमा नभई प्रतिप्क्षमा भएको हुदा सत्ता पक्षले खासै चासो नदेखाएको र आफुहरुले गरेका पहलहरु कार्यानयनमा समेतढिलाई भइरहेको थापाको भनाई रहेको छ ।

यो सडक खण्ड पुन मर्मत सम्वार भन्दा पनि बैकल्पिक सडक खण्ड उपयुक्त हुने अधिकांसको बुझाई छ । तर बैकल्पिक सडक खण्ड निमार्ण हुने अथवा नहुने भन्ने कुरा अन्यौलमा नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!