युनिकोड    राशिफल    एफएम रेडियाे                        
560 पटक पढिएको

Bajura District - Wikipedia

बाजुरा– सुदुरका अन्य जिल्लाहरुको सन्दर्भमा बाजुरा आफैमा बिकट अनि दुर्गम जिल्लाका रुपमा लिने गरिन्छ । देशमा संघीयता लागू भैसक्दा पनि बाजुरा अझै राज्यको नजरमा पर्न नसकेको बाजुरेली जनताको जन गुनासो रहेको छ । देशकै पिछडिएको जिल्लाका रुपमा लिने गरेको बाजुरा जिल्लालाई राज्यले सौतेनी ब्यवार गर्नमा अझै कमि हुन सकेको छैन । केही यस्ता दुर्गम बस्तीहरु छन जहाँका बासिन्दाहरु अझ सम्म पनि गरीबीको रेखामुनिबाट माथी उठ्न सकेका छैनन । यहि गरवीका कारण भोकमरीको अभवमा उपचारको अभावमा मानिसहरु दिन गुजारीरहेका छन ।

जहाँका मानिसहरु हालसम्म पनि अशिक्षित छन । यहि अशिक्षाका कारण थुप्रै प्रकारका असमानताहरु समाजमा छन् । बाजुरको मनिसहरुको चेतना स्तर पनि न्यून छ । यहाँका मानिसहरुको जीवन स्तरमा सुधार हुन सकेको छैन । जहाँका मानिसहरुको आए स्तरपनी निकै न्यून रहेको छ। आमदानीको श्रोतहरु प्रश्नष्त भएको भएतापनि तिनीहरु सहि सदुपयोग हुन सकेको छैन । यहाँका मानिसहरूले हालसम्म पनि परम्परागत जिवनसैलीलाई निरन्तरता दिदै आइरहेका छन् । यसको प्रमुख कारण पनि यहि अशिक्षा हो ।
अधिकांसा मानिसहरू ब्यरोजगार छन् । अधिकान्स युवा पिडित खाडी मुलुकहरुमा पसिना बगाएर परिवार पालिरहेका छन् । यहाँका मानिसहरूको प्रमुख पेसा नै कृर्षि हो ।

खेतिपाती तथा पशुपालन गरेर यहाँका मानिसहले जिवनयापन गरिरहेका छन् । त्यँही  कृर्षिलाई पनि आधुनिकरण गर्न सकिएको छैन । अझ सम्म पनि परम्परागत कृषि प्रर्णालीलाई नै निरन्तरता दिदै आइरहेको पाईएको छ ।जुन कृषि प्रणाली जिवन निर्वाहमुखि पनि बन्न सकेको छैन । बर्ष भर दिनरात खेतबारीमा खट्ने कृर्षकहरुको उत्पादन एक्दमै कम देखिन्छ । उत्पादनमा बृद्र्धी गर्न कुनै नयाँ उपाएको खोजी गर्न यहाँका किसानहरुले गर्न सकेको छैन ।बाजुराका स्थानियहरु व्यापार व्यावसाय तर्फ त्यति धेरै उनमुभ भएको देखिदैनन् । धेरै मानिसहरु कृर्षिमा नै आत्मनिर्भर छन् । तर आचफुहरुले गर्दै आएको पेशाबाट आतमनिर्भर समेत बन्न सकेकखा छैनन् ।

बर्षभर मिहिनेत गरेर उत्पादन गरेको अन्न करिव ३/४ महिना सम्म पनि धौधौ पुग्छ त्यही पनि धेरै जग्गा जमिन हुनेहरुको मात्र । बाजुरामा गरिवी, अशिक्षा भोकमरी, व्यरोजगारी मात्र छैन् बिकासमा पनि निकै पिछडिएको र पछाडी पारिएको छ । बाजुरका स्थाखनियले नजिकै गतिलो अस्पताल नहुँदा उपचारको अभावमा ज्यान गुमाउनुपर्ने, उच्च शिक्षा पढ्न धनगढी काठमाडौँ सम्म धाउनुपर्ने, सडम भएर पनि घण्टौ सम्मको पैद यात्रा गर्नुपर्ने, सुचना तथा प्रबिधिको युगमा पनि फोन गर्नकै लागी रुख र डाँडापाखा चढ्नुपर्ने, आदी समस्याहरु झेल्दै आइरहेका छन् ।

यहाँ बिद्यालयहरु संचालनमा ल्याइएका छन तर गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको अवस्था छैन । चाहेको प्राबिधिक शिक्षा पढ्न का लागी जिल्ला भित्र व्यबस्था छैन । खप्तड छेडेदह गाउँपालिका वडा न ५ का नरेश रावत अहिले काठमाडौ गएर एचए पढीरहेका छन् । गाउँमा एचए पढाई हुने बिद्यालयहरु नभएकै कारण काठमाडौ जानू परेको उनले बताए । उनका अनुसार त्यहाँ महिनाको ५ पाँच हजार कोठा भाडा मात्र तिर्छन ।अन्य खान बस्न लगायत मार्षिक करिव २०/२५ हजार सम्म खर्च हुने गरेको उनको भनाई छ ।

“ उनले भने” “एति पैसा खर्च गरेर पढ्न आउनु रहर नभई बाध्यता हो । एदि गाउँमै पढाई हुन्थ्यो भने एहा आउन जरुरी नै थिएन । गाउँमा चाहेको बिषय पढाइ हुने बिद्यालय नहुदा एउटा बिषयकै लागि आठ देखि १० लाख खर्च गर्नुपर्ने बाध्यता छ । त्यसैमा हामी ग्रामीण समाजमा वसोवास गर्दै आइरहेका छौं । जहाँका मानिसहरुको आय श्रोत निकै कमजोर हुन्छ । पैसाकै अभावका कारण प्राबिधिक शिक्षा पढ्ने रहर हुदापनी पढ्न नसकेका धेरै छन ।” गाउँमै प्राबिधिक शिक्षा पढाइ हुने बिद्यालय भैदिएको भए पढ्नकै लागि धनगढी काठमाडौ आइरहनु नपर्ने र धेरै पैसा खर्च पनि गर्न पर्ने थिएन होला भन्ने रावतको बिचार छ ।

जिल्ला भित्र थुप्रै अस्पतालहरु छन तर सामान्य बिरामीहरुको उपचारका लागि मात्र सिमित छन् । एउटा कुनै बिरामीको अवस्था जटिल भएमा उपचारका लागि ठूलो अस्पताल रिफर गरिन्छ । तर बिरामी अस्पताल पुग्न नपाउदै मृत्यु भैइ आधी बाटो देखि घर फर्किनु परेका धेरै घटनाहरु छन, । समयमै उपचारनै नपाई ज्यान गुमाउदै आएका छन् । नजिक अस्पताल नभएकै कारण आफ्ना बुवा गुमाउनु परेको जिल्लाको बुदिगंगाा नगरपालिका वडा न ४ काब्रा घर भएका हिमाल उखेडा बताउन्छन् । “उनले भने” “मेरो बाबा भिरबाट लडेर घाइते भएपछि जिल्लाभित्र उपचार संभव नभेटेपछि अछाम स्थित बयालपाटा अस्पतालमा लग्यौ तर त्यहा अनि उपचार सम्भव भएन ।

डाक्टका अनुसार त्यहाँबाट कोहोलपुर अथवा छिमेकी देश भारतका अस्पतालहरुमा लिनुपर्ने सल्लाह दिएपछि वुवालाई उपचारका लागि त्यहाँबाट कोहोलपुर लादै गर्दा बिच बाटोमै मृत्यु भयो । नजिक अस्पताल भैदिएको भए मेरो बुवा बाच्नुहुन्थ्यो होला भन्ने कुरा मनमा अझसम्म पनि खेलिरहेको छ ।”

पछिल्लो समयमा जिल्लाको हकमा थुप्रै प्रकारका बिकास निर्माणका कार्यहरू संचालनमा ल्याइएका छ्न, र केही निर्माण कार्य सम्पन्न भैसकेका छन् ।पहिलाको तुलनामा भौतिक पुर्वाधारहरुको बिकासमा केही फड्को मारेको देखिन्छ । तर समस्याको कुरा जति पनि बिकास निर्माणका सरचनाहरु छन् ती संरचनाहरु धेरै जसो दिगो हुन सकेका छैनन् । यसो हेर्दा दिगो बिकासमा ध्यान कसैको पनि नपुगेको देखिन्छ । प्राय जसो नौ वटै पालिकाहरुका सवै क्षेत्रलाई छुने गरि सडक निर्माण भैसकेको देखिन्छ तर ती सडकहरु ६ महिना सम्म मात्र गाडी संचालन हुन्छन् ।

यसको एउटा कारण त भौगोलिक बिकतता र कमजोर भुगोल पनि हो । अर्को कारण निर्माण कार्यमा लापरबाही पनि हो ।गाउँगाउँमा सडकहरु पुगिसकेको भएतापनी मानिसहरु घन्टौं सम्मको पैदल यात्रा गर्न बाध्य छन । पिठ्युँमा भारी बोकेर घन्टौं पैदल यात्रा गरिरहदा सडक बनाएर जनताको आखामा छारो फाल्ने काम मात्र भएको हो भन्ने कुरा स्थानीयहरुले दुखेसो गर्छन् । गाउँमा खानेपानीका धारा बनाइएका छन् तर धारामा पानी आउदैन , सडक निर्माण भएका छन तर गाडी चल्दैनन, बिजुलि बत्ति घरघरमा जडान गरीएका छन तर अध्यारोमा बस्न बाध्य छन् ।

यसको एउटा उद्धारणका रुपमा जिल्ला खप्तद छेडेदह गाउँपालिकाको बार्जुगाड जलविद्युत आयोजना उक्त आयोजना संचालनमा आएको करीव ८ बर्ष बितिसकेको छ । विद्युत सेवा उपभोग गर्दै आएको पनि ८ बर्ष बितिसकेको छ सेवा उपभोग गर्दै आएको निरन्तर ८ बर्ष बितेपनी सेवाग्राहीहरुले नियमित विद्युत उपभोग गर्न नपाएको स्थानीय युवा विद्यार्थी राजेश सुनारले बताए । उनले भने “घरमा बत्ती जडान गरेको छ । बाहिर हेर्दा लाईनहरु खिचेका छन तर बेलुका पख अध्यारोमा बस्नुपर्ने बाध्यता छ। हरेक वर्ष बर्षातको ४÷५ महिना त सधै अध्यारोमा बस्नुपर्छ ” बेला बेला विद्युत सेवा अवरुद्ध हुँदै आएको भएता पनि यसमा सरोकारवाला निकाए मौन बसेको उनको दुखेसो छ । देशभरको उज्यालो अभियान नाटकीय भएको सुनारको भनाई छ ।

बर्षातको समय सुरु भएपछि बर्षेनी ३ महिनासम्म विद्युत अवरुद्ध हुनेभएपछी उपभोक्ताहरु अध्यारोमा बास बस्न बाध्य छन ।अहिलेको युगलाई सुचना अनि प्राविधिको युगका रुपमा लिने गरिन्छ । अहिलेको युगमा संचार बिनाको मानिसको जीवन कल्पना समेत गर्न सकिदैन तर जिल्लाका केही यस्ता बिकट बस्तिहरु छन् । जहाँ फोन गर्नकै लागी रुख र डाँडापाखा चढ्नुपर्ने, आदी समस्याहरु झल्दै आइरहेका छन् । नेट चलाउनु त त्यहाँका स्थानियहरुका लागी सपना जस्तै हो । यो बिज्ञानको युग हो । अहिलेको युगमा संचार बिनाको मानीस र लगम बिनाको घोडा एउटै एउटै हुन । फोन गर्नकै लागि कहिले कांही त बिहान नेटवर्क नआउने हुदाँ १० बजे सम्म रोकिनु पर्ने बाध्यता रहेको बाजुराका स्थानिय बताउनछनछन् । यो समस्या जिल्लाको हिमाली र खप्तड छेडेदह, लगायतका पालिकामा छ ।

समयको परिवर्तन संगसंगै धेरै कुराहरु त फेरिएको छ । परमपरादेखि मान्दै आएका सामाजिक अपचलनहरु मा पनि बिगतको भन्दf केही सुधार भएको छ । छुवाछुट् बालविवाह छाउपडी पर्था लैङ्गिक हिँसा आदी समाजिक कुपर्थाहरु केही सधार भएतापनि अझै समाजमा जरो गाडेर बसिरहेका छन् । त्यस्तै बिकासमा पुर्वाधामा जति पिछडिएको थियो त्यही अवस्था हाल छैन् । तर बिगतको भन्दा त त केही सुधार भएको नै छ ।

यस्तै महिनावारी हुदा गोठमा सुताइन्थ्यो र विभेद गरिन्थ्यो तर आज त्यही अवस्था छैन । त्यस्तै खबर पठाउन वा पाउन मान्छे पठाउनुपर्ने अथवा ढिलो सुचना पाउने , अवस्था थियो भने त्यो अवस्था अहिले छैन । नजिक अस्पतालको ब्यवस्था नहुदा कतिपय नवजात शिशु र गर्भवती महिलाहरूले अकालमै ज्यान गुमाउनु पर्ने हुन्थ्यो । घन्टौं सम्मको यात्रा गरेर पिउने पानी ल्याउन जानू पर्ने हुन्थ्योे ।सानो ठुलो जातका नाममा सार्वजनिक ठाउँमै खुला विभेद गरिन्थ्यो । तर अहिले विभेद गरेतापनी यहि अवस्था भने छैन । यी समस्याहरुको अहिले समाधान भैसकेको पाइन्छ ।

तर यि अपचलनहरुले निरन्तरता भने पाएको नै छ । पहिला जस्तै छाउगोठमै बस्नु पर्ने बाध्यता हटेपनि बिभेद भने कायमै रहेको उनि जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा नं ३ की सरसती खड्का बताउन्छिन् बताउन्छिन् । उनि अहिले कक्षा १० मा पढ्छिन् । बिद्यालयमा महिनावारी हुदा कुनै समस्या नभएपनि घरमा भने बिभेद कायमै छ । उनका अनुसार उनि महिनावारी शुदा उनलाई पानिको धारा वा सौचालय छुन दिदैनन् । गाइभैसिलाई समेत उनि छुन पाउदिनन् । दुध दहि मै केही खान दिदैनन् । उनको घरमा मात्र नभई यो चलन बाजुराका धेरै ठाँउमा छ ।

एउटा प्रमुख समस्या बालविवाखह पनि हो । यो पहिला पहिला त अशिक्षा र चेतनाका अभावले पनि हुने गरेको थियो । तर अहिलेको समयमा यो बालबालिकाहरुको आफ्नै कमजोरीले हुने गरेको छ । तर सवै बालविवाह आफ्नै कमजोरिले भने भएका छैनन् । कपियले बाध्यता र परिस्थतिले गर्ने पनि गरेको पाइन्छ । घरायसि समस्याका कारण बालविवाह गर्न बाध्य भएको जिल्लाको बुढिगँगा नगरपालिका वडा न.४ घर भएका कमल रावतले बताए । उनि सानै हुँदा उनका ममि बाबाको मृत्य भयो । आफु टुहरो बनेपछी केही वर्ष अनाथलयमा गएर उनले पढे । घरमा उनकी एक बजै र दिदि थिइन् । दिदिले बिहे गरिन । दिदिले बिहे गरपछी घरमा बजै एक्लै भइन् । कमल पढ्न छोडेर घर फर्के । नजिकैको सामुायिक बिद्यालय पढ्न थाले । बिहान बेलुका बजैले बिहे गर भन्दै सताउन थाल्नुभयो । अन्तत कमल पढाई छोडेर नचाहादा नचाहदै बिहे गर्न बाध्य भए । यदि घरमा बुढि बजै नभएको भए आमाबुवा भैदिएको भए पढाई छोडेर बिहे गर्न पर्दैन थियो होला कमले भने ।

यस्तै जातिय नाममा गरिने बिभेद पनि कायमै छ । पहिला जस्तो सार्वजनिक ठाँउमा बिभेद नगरेपनि बिचेद गर्न भने नछोडेको जिल्लाको बडिमालिका नगरपालिका वडा न. ७ घर भएका बिद्यार्थी गोबिन्द्र रमज तिमिलसेना बताउन्छन् । उनि सुनाएनछन् एक दिनको कुरा हो । उनि र उनका एक दलित साथि संगै घुम्न गएका थिए । बेलुका थ्यहाँबाट फर्किन अवेर भयो । उनका साथिको घर टाढा थियो । बेलुका साथिलाई आफ्ने घर बसाउने उनको निर्णय थियो । तर उनको साथिलाई उनका आमावुवाले राम्ररी चिन्थे बेलुका साथिलाई घर लिएर जादा घरमा उनका साथिलाई भित्र पस्न दिएनन्र ।

साथि दलित भएकै कारण घरमा बस्न नदिएको गोदिन्द्र बताउन्छन् । अझै पनि दलितहरुलाई अलग्गै बसाउने घरभित्र पस्न नदिने सैग खान बस्न नपाउने आदी प्रचलन नै रहेको उनको भनाई छ । यस्तै लैङ्गिक हिँसा झट्ट हेर्दा कतै भएको देखिन्न । बाजुरामा पहिला छोरालाई मात्र स्कुल पढाउनुपर्छ भन्ने चलन थियो । तर यो बाट भने अहिले छोरिहरु बन्चित भइसकेका छन् । तर छोराछोरी बिच गरिने बिभेद भने अझै कायमै रहेको जिल्लाको खप्तड छेदेदह गाँउपालिका वडा न. ५ भएकी जुना बुढाको भनाई छ । उनले भनिन् देखावटी रुपमा बिभेद नगरेपनि भित्र भित्रै बिभेद गछैन् । छोरालाई बोडिङ स्कल अथवा सहरका बिद्यालय पढाउने तर छोरिलाइइ गाँउकै सरकारी बिद्यालय पढाउने गरेका जताततै छ ।

उनले थप्दै भनिन् । छोरिलाई जन्मिन नपाँउदै बिभेद गर्न थालिन्छ । अनि कसरी लैङ्गिक हिँसा छैन भन्ने। उनका अनुसार भुणको लिङ्ग पहिचान गरेर कतिपय गर्भपतन गराउने गरेको पाइन्छ । जन्मिसकेपछी जन्मेको छैटौँ दिनबाटै बिभेद बाजुराका छोरिहरुले सहनु परेको उनले बताइन् । यति मात्र होइन अनय अन्धबिश्वासहरु पनि बाजुरावासिमा व्याप्त छ । यहि अन्धबिश्वासकै कारण समाजमा बिभिन्न प्रकारका दन्द्ध सिर्जना हुन्छ । समाजमा आपसि मिलमिलाप खलबलिदै आएको छ । धामि जात्र्रmी गर्ने चलन पनि अझै छ । भित्रभित्रै बोक्सिको आरोप लगाउने चलन पनि छ । कतिपयले धामि झात्र्रmकै भरमा परि रोग पाल्दै अनतमा ज्यान समेत गुमाउदै आएका छन् ।

बाजुरा बिकट अनि दुर्गम जिल्ला भएपनि चुनौतिहरु मात्र छैनन् सम्भावनाहरु पनि उत्तिकै छ । सुदुर पहाडका जिल्लाहरु मध्य प्राकुतिक सौन्दर्यताखले बाजुरा आफैमा समृद्ध छ । स्वर्गको एक टुत्र्रmा भनेर चिनिने बडिमालिका मन्दिर बाजुरामै पर्छ , यतिमात्र हाइन सून्दर खप्ताड राष्टिय निकुन्जले पनि बाजुरालाई छुएको छ । पाकृतिक अनि धार्मिक दुष्टिकोणले पर्यटकिय सम्भावना बोकेका बुदिनन्दा ताल, छेडेदह ताल्  नाटेश्वरी बदालेख मन्दिर पोरखे लेख, जेठिबौरानी डाँडा आदी बाजुराका पसिद्ध धार्मिक एवम् परेटकिय स्थलहरु हुन । जहाँको सौन्दयताले जो कोहिको मन लोभ्याउने गर्छ । अझ भन्ने हो भन्ने यि धार्मिक तथा पर्यटकिय सम्भावनाख बोकेका स्थलमा पुग्ने हो भने मान्छेले स्वर्ग पुगेको अनुभुति गर्छन् । यस्ता आलोकि पाकृतिक सुन्दरताले भरिपुण पाकृति सन्दरताको खानी बाजुरा जिल्ला हो ।

जहाँ देश तथाख बिेशबाट पर्यटकहरु समेत घुम्न आउन थालेका छन् । तर पिडम्वना यि क्षत्रको प्रचार प्रसार र पर्वद्धनमा भने प्राय जसो चरम लापरवाही छ र कसैले चासो देखाएका छैनन् । यि क्षत्रहरुलाई पर्यटकिय क्षत्तका रुपमा प्रवद्धन गर्न सके समग्र बाजुराको आर्थिक बिकासमा देवा पुग्ने देखिन्छ ।पछिल्लो समयमा भौतिक बिकासमा केही फड्को मारेतापनी जिल्लाको सामाजिक तथा आर्थिक बिकास अझै निकै पछाडि नै देखिन्छ । जनताको घरघरमा सिंहदरबार छ भन्दै गुणगान गाएको सुन्ने गरिन्छ । राज्यको बिहान बेलुका छाक तार्न समेत मुस्किल भएका थुप्रै छन् तर यसमा साच्चिकै कसैको ध्यान केन्द्रीकृत भएको पाइन्न ।

हुन त बाजुरा जिल्लामा पनि केन्द्रिय स्तरका नेतृत्व गर्ने नेताहरूको अभाव होइन । विभिन्न राजनीति दलमा आवद्ध भई बाजुरा जिल्लाको नेतृत्व गर्दै केन्द्रिय स्तरमा पुगेका नेताहरूले आफ्नो राजनीति उचाईमा पुर्याउन मात्र सफल भएका छन, ।बाजुराका नेताहरूले हुन त जिल्लाको भौतिक सामाजिक र आर्थिक बिकासका लागि योगदान नदिएका होइनन् । यदि केही गरेकै थिएन्न भने आज बाजुरा यो अवस्थामा पुग्ने थिएन होला । तर आधुनिक परिवेश र अहिलेको आधुनिक युगमा सुहाउँदो काम प्राय जसो हुन सकेको छैन ।अझ भन्ने हो भने बाजुराका लागि बाजुरा भित्रका विभिन्न राजनीति दलहरूमा आवद्ध कुनै पनि राजनीति दलका नेताहरूले जिल्लाका लागि गर्नुपर्ने आवस्यक कुराहरू गर्न नसकेको र नेताहरु आफ्नै स्वार्थ पुर्तिमा ब्यष्ट छन भन्ने खालका गुनासाहरु अधिकांस बाजुरा बासिका मुखार बिन्दुबाट सुन्ने गरिन्छ ।

साच्चिकै बाजुरा वासिका आवस्यकता र समस्याहरुलाइ सम्बोधन गर्ने र बाजुरा बासीको हित र बाजुराको बिकासका लागि राजनिती कोहो लागेको होईनन भन्ने दुखेसो एहाका जनताहरुले पोख्दै आइरहेका छन् । तर केही गरेजस्तै गरेर देखावटी रुपमा जनताको आँखामा छारो फाल्दै आलटाल गर्ने काम नेताहरुले गरेको बाजुरावासीको स्पष्ट बुझाई छ ।यसो हो हेर्दा स्वभाबिक रुपमा बाजुरा जिल्लाको भोकमरी, गरिवी असमानता , यहाँ रहेका बिद्ययमा सामाजिक अपचलन ,व्यरोजगारी, संग लड्न सक्ने र यी समाधान गर्न सक्ने कुनै पनि नेर्तित्तो आउन सकेको छैन ।

केवल पार्टी बचाउने र प्रतिपक्ष संग प्रतिस्पर्धा कसरी गर्ने र चुनाव आउदा कसरी चुनाव जित्ने भन्ने कुरामा दौड्धुपमा एहाका राजनीतिज्ञ हरुले गरेको देख्न सकिन्छ । वास्त्वमा यी समस्या हरुको समाधान गेरी एहाका मानिसहरूको आमदानीमा बिर्धी गर्न सकेमा, सामाजिक अपचन्हरुमा सुधार गर्न सकेमा र एहाका मानिसहरुको परमपरागत जिवन्नशैलीमा सुधार गर्न सकेमा,एहको प्रमुख पेशाका रुपमा रहेको किर्शीलाई आधुनिकरण गर्न सकेमा ,गुणस्तरीय शिक्षाको पहुँच पुर्याउन सकेमा, आधारभुत आवस्यकताको पहिचान गरि दिगो बिकासको नितिलाई अवलम्बन गर्न सकेमा मात्र जिल्लाको समग्र बिकासमा ठूलो टेवा पुग्ने देखिन्छ । तर राज्यले भने कहिले बाजुरालाई सौतेनी व्यवाहार गर्न छोडेको छैन । आर्थिक वर्ष ०७९÷८० को बजेटमा पनि बाजुरालाई सौतेनी व्यवार नै गरेको बाजुरावासीको बुझाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!