
रमेश भण्डारी– दोस्रो भेरीएन्ट सहित बिश्वब्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ सग मिल्दो जुल्दा लक्षण भएका बिरामी समुदाय स्तरमा यत्रतत्र देखिन थालेपाछी बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले स्वास्थ्यकर्मीहरुलाई घर भेट कार्यक्रम पठाएको छ ।
गाउँपालिका ७ वटै वडाका सबै समुदाय स्तरमा रहेका बस्ती टोलमा रहेका घर घरमा पुगेर नागरिक हरुको स्वास्थ्य अवस्था बुझ्न र कोभिड १९ बाट वचन बचाउ सकिने उपाय हरुको बारेमा सचेतना जगाउन घरभेट अभियान सन्चालन गरिएको कुरा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भयो छ ।
कोभिड १९ को कहरले गर्दा समुदायका मानिसहरुमा त्रास फैलिएको कारण कोरोना सँग मिल्दोजुल्दो लक्षण भएका ब्यक्तिहरु लाइ स्वास्थ्य संस्थामा जचाउदा कोरोना लागेको भन्ने डरले जाच नगराइ घरमै बसेको हुदाँ उनीहरुको स्वास्थ्य अवस्था बुझ्न र कोभिड सँग मिल्दोजुल्दो लक्षण भएकाहरूलाई थप सुझाव सल्लाह र लक्षणका आधारमा औषधि बितरण गर्न घर घरमा स्वास्थ्यकर्मी पठाइएको प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले जानकारी दिनुभएको छ ।
उक्त अभियान ७ दिन को रहने र २२ जना स्वास्थ्यकर्मीहरु पहिचालन गरिएको साथै अभियानमा खटिएका स्वास्थ्यकर्मीले पुर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै नागरिक हरुलाई जनचेतना फैलाउने औषधि सामाग्री बितरण कार्य भएको कुरा बताइएको छ ।।