
बाजुरा– जिल्लामा पछिल्लो २४ घण्टामा ८ जना कोरोना सक्रमित थपिएका छन् । शुक्रबार १८ जनाको एन्टिजेन बिधीबाट कोरोना परिक्षण गर्दा ८ जनामा पुष्टि भएको हो ।
शुक्रबार थपिएका संक्रमितमा ५ जना बडिमालिका नगरपालिका र ३ जगनाथ गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो ।
जिल्लामा शुक्रबार १६ जना संक्रिमीत डिस्चार्ज भएका छन । यो संगै बाजुरामा निको हुनेको सख्या ५४ पुगेको छ । हाल सम्म ७ सय ४४ जनाको परिक्षण गर्दा २ सय ६६ जनामा कोरोना पोजेटिभ देखीएको स्वस्थ्य कार्यालय बाजुराले जनाएको छ ।