मुम्मै भारत- बुधबार छिमेकी राष्ट्र भारतकाे बरेलीमा एक जना १९ बर्षिय नेपाली युवती रेल दुर्घटनामा परी शक्त घाईते भयकी छन । साँफेबगर नगरपालिका मष्टामाण्डाै वडा नम्बर ४ अछाम घर भयकी १९ बर्षिय अंजली भुल मुम्बईबाट नेपाल जाने क्रममा उत्तर प्रदेशकाे बरेली तर्फ जाँदै गरेकाे रेलबट अच्चानक बाहिर खस्दा शक्त घाइते भयकी हुन ।
शक्त घाईते भयकि भुललाई बरेलीकाे मधांस अस्पतालमा अचेत अवस्थामा रहेकि र उनकाे उपचार चलिरहेकाे समाज सेवी पदम भुलले जानकारी दिएका छन् ।
दुर्घटनामा परीशक्त घाइते भयकि अंजलीलाई रेलववे कर्मर्चारीले मधांस अस्पताल पुर्यायका थिए। साथमा रहेका कान्छा भाईले मुम्बईमा रहेका दाजुलाई फाेन मार्फत घटनाकाे जानकारी दियका थिए।
मुम्बईमा रहेका दाईले समाज सेवी पदम भुललाई जानकारी गरि सकेपछि मुम्बईमा रहेकाे उर्जासिल समाज सेवी कलम प्रदेशीले उत्तर प्रदेशमा रहेका भारतिय गाेर्खा परिसंघ र आग्रा समाजवादीका नेता रवि थापा र पुर्व भारतिय सैनिक समाज सेवि मनाेज कुामार राना र नेपाली गाेर्खा समाज बरेली उत्तर प्रदेशका समाज सेवि कमला घलेकाे टिम अहिले घाइतेको अवस्था बुझ्न मधांस अस्पतालमा पुगि सकेकाे जानकारि पदम भुलले दिएका छन । घाइते अंजली भुल सँग मुम्बई बाट नेपाल तर्फ जाँदै गर्दा
उनकाे साथमा कान्छा भाइ र उनकि दिदी समेत उक्त रेलमा यात्रा गरि रहेका हुन ।