बाजुरा- नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराको बुधबार बसेको बैठकले बुढीगंगा नगरपालिकाको पुनः निर्वाचनको मिति नतेकिनु बद्नियत काम भएको आरोप लगाएको छ । असाढ १ गते बसेको बैठकद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै बुढीगंगा नगरपालिकाको निर्वााचानलाई बिधोल्ने काममा नेकपा एममालेले बिशेष भुमिका खेलेकोले जनताको स्वतन्त्र रुपमा मतदान गर्न पाउने अधिकारलाई हनन गरेको काँग्रेस बाजुराले बिज्ञप्ती मार्फत आरोप लगाएको छ ।
“केन्द्रिय निर्वाचन आयोगको अविलम्ब निर्वाचन गर्ने निर्णय विपरीत निर्वाचनको मिति घोषणा नगर्नुको बदनियत के हो ? बिज्ञप्तीको मुख्य शिर्षकमा समेटिएको छ । नेपाली काँग्रेस पार्टी राष्ट्रियता लोकतन्त्र, समाजवाद, विधिको शासन र आवाधिक निर्वाचनको प्रति प्रतिबद्ध रहेकोले जनताका अधिकारहरुलाई सुनिश्चित गर्ने पाटी भएको बिज्ञप्तीमा उल्लेख भएको छ । लोकतन्त्रमा जनता जनार्दन हुन्छन भन्ने कुरामा विश्वास गर्ने एक मात्र पाटी नेपाली काँग्रेस भएकोले तत्काल जति सक्दो चाँडो बुढीगंगा नगरपालिकाको निर्बाचनको मिति तोक्न बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ । अहिलेको २१ औं शताब्दीमा पनि नेकपा एमालेले जनताको मतदान गर्नेपाउने नैसर्गिक अधिकारबाट बञ्चित गरी अनाधिकृत रूपमा बुध–कब्जा मार्फत निर्वाचित बिथोल्ने अबस्था सृजना भएएको काँग्रेस बाजुराले आरोप लगाएको छ । यस्तो बिषम परिस्थितिमा नेपाली काँग्रेस बाजुरा दुःख ब्यक्त गर्दछ बिज्ञप्तीमा भनिएको छ ।
निर्वाचन आयोगले बुढिगगा नगरपालिका पुनः निर्वाचन गर्ने निर्णय गरेको लामो समय बितिसक्दा समेत नेकपा एमालेको डर त्रास र धम्कीबाट त्रसित भइ बुढिगगा नगरपालिकाको निर्वाचन कार्यालयले निर्वाचन मिति घोषणा गर्ने नसक्ने अबस्थाका प्रती गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता उधशृङ्खला कार्यमा नलाग्न सम्बन्धित पक्षलाई आग्रह गदै लोकतन्त्रमा निर्वाचनको विकल्प निर्वाचन नै हो भन्ने कुराको स्मरण गराउनुका साथै निर्वाचन आयोगले अमुख पाटीको डर धम्कीमा प्रभावित हुने हो भने त्यसको तटस्थ , स्वच्छता र निस्पक्षता माथी अवश्य नै प्रशन खडा हुन्छ। केन्द्रिय निर्वाचन आयोगको अविलम्ब निर्वाचन गर्न निर्णय विपरीत निर्वाचनको मिति घोषणा नगर्नुका पछाडिको यदनियत के हा े? संशय उत्पन्न भएको छ ।
यसर्थ बुढिगगा नगरपालिकामा जनप्रतिनिधि बिहिनताले जनताले पाएका दुःख प्रती गम्भीर हुन आग्रह गर्दै अविलम्ब पुनः निर्वाचनको मिति घोषणा गरि स्वच्छ, निश्पक्ष र धादलिरहित निर्वाचन गर्ने निर्वाचन आयोग÷निर्वाचन कार्यालयको ध्यानाकर्षण गराउदछौ । अन्याय लोकतन्त्रको रक्षाका निम्ति नेपाली काङ्ग्रेस आन्दोलन उत्रन बाध्य हुने छ नेपाली काँग्रेसका पााटी सभापति रामसिंह रावलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।












