बाजुरा- बाजुरा जिल्लाको मार्तडीमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति वि.पि. स्मृति भवन मार्तडी, बाजुराको पाटी कार्यालय भवनमा बैठक बसेर ६ निर्णय पारित गरियो। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बैठकमा नेपाली काङ्ग्रेस बाजुरा पाटी सभापति रामसिङ रावलको अध्यक्षतामा पाटीका जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा बैठक बसिरहेका हो पाटीको निर्णय अनुसार विभिन्न विसयमा छलफल गरिएको छ। उक्त निर्णय/प्रस्ताव हरु उल्लेखित गरिएको छ। धन्यवाद ज्ञापन सम्बन्धमा, निर्वाचन मिति घोषणा सम्बन्धमा, मतदाता नामावली सम्बन्धमा, बधाई तथा प्रशिक्षक सम्बन्धमा, निर्वाचन समिक्षा सम्बन्धमा, कार्य- सम्पादन विस्तार सम्बन्धमा विविध विषयमा पाटी भित्र छलफल गरिएको छ। निर्वाचन आयोग/ निर्वाचन कार्यालय लाई बुढिगंगा नगरपालिकामा पुनः निर्वाचन गर्ने निर्णय गरेको लामो समय बितिसक्दा पनि अहिलेसम्म नेकपा एमालेको डर, त्रास र धम्कीबाट त्रसित भइ बुढीगंगा नगरपालिकामा निर्वाचन गर्न नसक्ने अबस्थामा प्रती गम्भीर ध्यानाकर्षण रहेकोे छ।
उक्त निर्वाचनलाई तटस्थ, स्वच्छ र निष्पक्ष, धादलिरहित निर्वाचन गर्ने निर्वाचन आयोग/ निर्वाचन कार्यालयलाई विशेष गरि ध्यानाकर्षण गराउन नेपाली काङ्ग्रेस जिल्ला पाटी सभापति रामसिङ रावलले बताउनु भएको छ। राष्ट्रिय चुनावलाई लक्ष्यित गर्दै बाजुराका ९ वटै स्थानीय तहमा जिल्ला प्रशासन कार्यालय मार्तडी संग समन्वय गर्दै पालिकाको केन्द्रमा घुम्ती शिविर सन्चालन गरी मतदाता नामावली सन्कल गरिने छ। बैशाख ३० को चुनावमा नव निर्वाचित नेपाली काङ्ग्रेस जनप्रतिनिधि हरुलाइ बधाई तथा प्रशिक्षण कार्यक्रम गरिने उल्लेखित गरिएको छ। जस्मा नेपाली काङ्ग्रेस पाटीलाई संघठन बलियो कसरी गर्ने तथा पाटीको रणनीतिहरुको लगायतका विषयमा छलफल गरिएको नेपाली काङ्ग्रेस बाजुरा पाटी सभापति रामसिङ रावलले बताउनु भएको छ।












