बाजुरा– जिल्लाको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन असार २३ गते हुने भएको छ । असार २३ गते निर्वाचन गराउन बुढीगंगा नगरपालिका निर्वाचन अधिकृतलाई सिफारिस गर्ने जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठक जनाएको छ । सो नगरपालिकाको निर्वाचन सम्बन्धमा ५ पटक सर्वदलीय बैठक बस्दा बल्ल आज ६ वटा राजनीतिक दल र निर्वाचन कार्यालय बाजुरा, जिल्लाका तीन वटै सुरक्षा निकायका प्रमुखको सहमतिमा निर्वाचन मिति तोकिएको हो ।
उक्त निर्वाचन क्षेत्रमा सुरक्षा कडा गरिने सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताए । २१ गते राति १२ बजे बाट निर्वाचनको मौन अवधी सुरु भैइसके पछि सो क्षेत्रमा सम्बन्धित नगर तथा वडा बासि बाहेक अरुलाई प्रवेश निषेध गरिने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिति तोक्न आयोजना गरेको बैठकमा नेकपा एमाले जिल्ला कमिटी सचिव भरत थापा, एमालेका मेयरका उम्मेदवार रामबहादुर बानियाँ, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति रामसिंह रावल, निर्वतमान सभापति कविराज पण्डित, एकिकृत समाजवादीका गंगन रावल, नेकपा माओवादी केन्द्र, राप्रपाका नेताहरुका बीच निर्वाचनको मिति तोक्ने छलफल भएको थियो ।
नवनिर्वाचित जनप्रतिनिधि नहुदा नगरपालिका गतिबिधिमा तथा काममा असर परेको छ । नागरिकताको सिफारीस देखी धेरै काममा बाध भएको छ । उक्त नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेस कार्याकर्ता बिच दोहोरो झपड हुदा निर्वाचन स्थगित भएको थियो ।











