बाजुराः जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने खप्तड छेडेदह गाँउपालिकाको वडा नं. ७ दानी गाँउमा ३ लाख ९९ हजार बराबरको खानेपानी निर्माण कार्य सम्पन्न भएको छ ।उक्त खानेपानी आयोजनामा वडा नं. ७ को कार्यालय, साहस नेपाल लिफ्ट परियोजना र स्थानिय उपभोक्ताको आर्थिक सहयोगमा निर्माण भैरहेको दानीगाँउ खानेपानी उपभोक्ता समितिका अध्यक्ष शेर बहादुर खड्काले जनाएका छन ।सो खानेपानी परियोजनामा खप्तड छेडेदह गाँउपालिका वडा नं. ७ को १ लाख ४३ हजार ११६, साहस नेपाल लिफ्ट परियोजनाको १ लाख ५४ हजार १३० र स्थानिय उपभोक्ताको १ लाख २ हजार श्रमदान गरी कुल ३ लाख ९९ हजार को लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।
बिहिबार साहस नेपाल लिफ्ट परियोजनाका कर्मचारी, गाँउपालिकाका अध्यक्ष बिसू देवि नाथ, गाँउपालिका उपाध्यक्ष नर बहादुर रावत, वडा नंं ७ का वडा अध्यक्ष खगेन्द्र बहादुर रावत र पत्रकारहरुको टोलीले खानेपानी सम्पन्न भएको अनुगमन गरेको हो ।