बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँगाउँपालिकामा न्यायीक समिति सदस्य कपुर अधिकारी र मंगल मल्ल चयन गरिएको छ।
हिमाली गाउँपालिकाको नवनिर्वाचित कार्यपालिकाकाे आइतबार बसेकाे पहिलाे बैठकले हिमाली गाउँपालिका ४ का वडा सदस्य समेत रहेका मंगललाई र हिमाली गाउँपालिकाको ७ का वडा सदस्य कपुर अधिकारीलाई पालिकाको न्यायीक समिती सदस्य तोकिएका हुन् ।
आइतबार बसेको पालिकाको पहिलो बैठकले गरेको निर्णय सार्बजनिक गर्दै गाउँपालिका भित्र रहेका विभिन्न घटनालाई न्याय पाउनको लाई हामी लागि पर्ने बताए छन। जस्मा सबै वडा रहेका बासिन्दा लाई मानवीय तथा जातीय भेदभाव कसैले गरेर पालिकामा रहेको न्यायीक समिति कहाँ आए भने प्रादेशिक तरिकाले न्याय दिलाउने बताएको छ।
दलित जातीय भेदभाव , महिला हिंसा , बालबालिका हिंसा, जातीय हिसाबले विभिन्न भेदभाव जस्ता समस्या लाई निष्पक्षरूपमा न्याय दिने बाचा गरेको न्यायीक समिति सदस्य मंगल मल्लले बताउनु भएको छ।
जनता समक्ष विभिन्न घटनालाई मध्यनजर राख्दै आफ्नो पहलमा पालिकाका जनताका समस्या ल्याएर आउने हरुलाई पहिलो प्राथमिकता गरी विशेष पहल गर्ने न्यायीक समिति सदस्य कपुर अधिकारीले बताउनु भएको छ।











