
बाजुरा– जिल्लामा पछिल्लो २४ घण्टामा २२ जना कोरोना सक्रमित थपिएका छन् । कोरोनाबाट संक्रमित भएका मध्ये दुई सय ८८ जनामध्ये दुई सय २३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए ।
नि. कार्यालय प्रमुख चन्दका अनुसार कोरोना संक्रमित भएका मध्ये ७ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको संख्या ६१ जना पुगेको चन्दले बताए ।
कोरोना भाइरसबाट संक्रमित भएका दुई सय २३ जनामध्ये दुई सय ४ जना होम आइसोलेसन र १९ जना आइसोलेसनमा उपचार गराईरहेका छन् ।