बाजुरा- जिल्लाको हिमालीमा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले सामाजिक सुरक्षा भत्ता घर घर मै वितरण गरिने व्यवस्थ गरिएने अध्यक्ष मल्लको भनाइ ?
हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अपांगता तथा जेष्ठ नागरिक र अन्य तर्फ बैक
संगको समन्वय सहकार्य गरि सामाजिक सुरक्षा भत्ता घर घर मै वितरण गरि आवश्यक कार्य अगाडि बढाइने छ।

गाउँपालिकाका सबै वडा तथा बस्तीमा अपांग र जेष्ठ नागरिकको भत्ता घरमै दिने नीति तथा कार्यक्रम गरिएको छ। जनताका दुख पीडा गाउँमा रहेका बृद्धअबश्था र हिड्न नस्क्ने र आखा देख्न नसक्नेको गाउँ बाट बैक सम्म आएर आफ्नो भत्ता बुझ्न् आउदा आवतजावत गर्ने निकै कठिनाइ भोगेको अबस्थालाई सहजीकरण गर्ने गाउँ घरमा भत्ता पाउने सेवा सुबिधा दिइने व्यवस्था गरि आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रममा आवश्यकता अनुसार अगाडि बढाइने गरेको अध्यक्ष मल्लले बताएका छन।
गाउँपालिका भित्रमाथिका ६५ वर्ष भन्दामाथी र ७० वर्ष भन्दा तलका जेष्ठ नागरिक र ग र घ वर्गका सम्पूर्ण अपांगहरुलाइ वितरण गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई निरन्तरता दिनका लागि आवश्यक बजेटको बजेट व्यवस्था गरिने बताउनु भएको छ।











