बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट तथा कार्यक्रम ल्याएको छ। गाउँपालिकाको १० औं गाउँ सभाबाट शुक्रबार ३५ करोड ७६ लाख ७० हजारको बजेट पेश गरिएको छ।
हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन र पूर्वाधार दीर्घकालीन दृस्ठिकोण, सुशासन र गरिबी निवारण समृद्ध हिमालीको आधारको” भन्ने मुल नाराका साथ पालिकाको नौ गाउँ सभा नीति तथा कार्यक्रम गरिएको बताएका छन।

कुल वार्षिक प्रस्ताविक बजेट रु ३५ करोड ७६ लाख ७० हजारको अनुमान गरिएको छ। समानीकरण अनुदान संघबाट ८ करोड ४६ लाख, सशर्त अनुदान संघबाट रु १२ करोड ९८ लाख, समपुरक अनुदान संघबाट १ करोड ८० लाख, विशेष अनुदान संघबाट रु १ करोड ६० लाख, राजश्व वाडफाट संघ रु ८ करोड ३९ लाख ६९ हजार, र समानीकरण अनुदान प्रदेशबाट ५५ लाख ८१ हजार, विशेष अनुदान प्रदेशबाट रु. २५ लाख, समपुरक अनुदान प्रदेशबाट रु ४० लाख, राजस्व बाडफाड प्रदेशबाट रु १६ लाख २० हजार, तथा गाउँपालिकाबाट आन्तरिक स्रोतबाट २९ लाख १० हजार र अल्या जिम्मेवारीबाट रु ८६ लाख ९० हजार प्राप्त हुने आर्थिक बजेट २०७९/०८० को बजेट विनियोजन गरिएको छ।
२०७९/०३/०९ र १० गतेको दुई दिन सम्म दशौ गाउँ सभा
आज गाउँपालिका कार्यपालिका सदस्य गाउँ सभा सदस्य सर्वसम्मत बाट नीति तथा बजेट विनियोजित गाउँ सभामा
पेश गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको छ।











