बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका भरिमा जम्मा ९५.७९% प्रतिशत साक्षरता घोषणा कार्यक्रम सम्पन्न गरिएको हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शिक्षा शाखा प्रमुख कविन्द्र राज पाण्डेले बताउनु भएको छ
साक्षरता घोषणा कार्यक्रम अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, अथिती हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शिक्षा शाखा प्रमुख कविन्द्र राज पाण्डे, सहित हिमाली गाउँपालिका ७ वडाका वडा अध्यक्ष तथा गाउँ सभा सदस्य, कार्यपालिका सदस्य सहित सहभागितामा कार्यक्रम सन्चालन गरिएको छ।
हिमाली गाउँपालिका वडा न.१ को बिच्यामा साक्षरता ९५.१८% प्रतिशत छ भने निरक्षर ४.८२% प्रतिशत वडा न.२ को कोटमा साक्षरता ९५.७७% प्रतिशात ४.३३% प्रतिशत निरक्षर वडा न. ३ को साक्षरता ९५.७२% प्रतिशत ४.३२% प्रतिशत निरक्षर वडा न.४ को फैतिमा साक्षरता ९९% प्रतिशत साक्षरता १% प्रतिशत निरक्षर वडा न.५ को रुगिनमा साक्षरता ९५.५१% प्रतिशत ४.४९% प्रतिशत निरक्षर वडा न. ६ को धिममा साक्षरता ९५.३२% प्रतिशात ४.६८% प्रतिशात निरक्षर वडा न.७ को बाधुमा साक्षरता ९६.१६% प्रतिशत ४.८४% प्रतिशत निरक्षर रहेको बताएका छ्न।
आज सनिश्चवार बसेको बैठक हिमाली गाउँपालिकाको जम्मा ९५.७९% प्रतिशत साक्षरता ४.२१% प्रतिशत निरक्षर भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले साक्षरता घोषणा गर्नु भएको हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ।











