
बाजुरा– आज असाढ १२ गते लागु औषध बिरुद्वको अन्तराष्ट्रिय दिवस सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको हो । लागु औषध ओेसार पसार गर्न पाइदैन, लागु पदार्थ ओसार पसार गर्नेलाई हदै सम्मको कानुनी कार्वाही गरौ भन्ने नाराहरु उल्लेख गर्दै प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ ।
मानविय स्वास्थ्य, संकटको बेला झन, लागु औषध चुनौतीको गरौं सम्बोधन भन्ने नारा उल्लेख गरिएका हेडिङ्ग बोर्ड सहित जिल्लाका सरोकारवाला निकायहरुको उपस्थितिमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव निरिक्षक, ससस्त्र प्रहरी बलका प्रमुख, बडीमालिका नगरपालिकाका प्रमुख, उप प्रमुख र पत्रकारहरुको उपस्थितिमा सदरमुकाम मार्तडीमा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ ।











