बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका कार्यालयको सभा हलमा सामाजिक लेखा परिक्षण कार्यक्रम भएको छ।
आइ.एन.एफ. नेपाल बाजुरा शाखा र समावेशी विकास सशक्तीकरण र जीविकोपार्जन परियोजनामा हिमाली गाउँपालिकाको समन्वयमा समाजिक लेखा परिक्षण कार्यक्रम गरिएको आइ.एन.एफ. नेपाल बाजुरा शाखा र हिमाली गाउँपालिका टिमलिडर गणेश दत्त खटिकले बताउनु भएको छ।
उक्त कार्यक्रमका सभा अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, अथिती हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, गाउँपालिका सातै वडा अध्यक्ष नवनिर्वाचित वडा सदस्य, आइ.एन.एफ. नेपाल बाजुरा शाखा हिमाली गाउँपालिका सहाय विकास क्षेमता अभिकर्ता सम्झना परिवार लगायत महिला समूह, सहकारी संस्था प्रतिनिधि तथा पत्रकार लगायत उपस्थितिमामा कार्यक्रम सन्चालन गरिएको छ।
गाउँपालिका भरीका नवनिर्वाचित जनप्रतिनिधि स्वागत तथा बधाई कार्यक्रम र आइ.एन.एफ. नेपाल बाजुरा शाखा र समावेशी विकास सशक्तीकरण र जीविकोपार्जन परियोजना द्रारा वार्षिक बजेटको प्रस्तुत गाउँ सभा हल्लमा गरिएको आइ.एन.एफ. नेपाल बाजुरा हिमाली गाउँपालिका सहाय विकास क्षेमता अभिकर्ता सम्झना परिवारले जानकारी दिनु भएको छ।











