बाजुरा- जिल्लाको हिमालीमा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम दशौ गाउँ सभामा बिच्छ्याका लागि स्थायी खाद्य तथा नुन डिपो राख्ने विषेश पहल गरिने नीति ल्याएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।
हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम गाउँपालिकाका नागरिकहरुलाई सहज तरिकाले खाद्य सामाग्रीहरुको उपलब्धता गराउनका लागि
गाउँपालिका केन्द्र धुलाचौर र कवाडीमा रहेकोे खाद्य तथा नुन डिपोलाई निरन्तरता दिदै, विच्छयाका लागि स्थायी खाद्य तथा नुन डिपो राख्ने विशेष पहलमा व्यवस्था गरिने छ।

गाउँपालिकाका वडा न.१ बामु, तीन, दिउसिन, नेटा, वडा न.२ को कोट, रुम्दी, कोटिगाउँ, र नातिखोला र वडा न. ३ का युना, गुम्बा, बौडीका सम्पूर्ण बस्तीका जनताहरुलाइ अबको आगामी दिन हरुमा पहिलो जस्तो पिठ्युँमा भारी बोकेर नुन र चामल खानुपर्ने अवस्थालाई समाधान गर्ने बिच्छया केन्द्रमा खाद्य र नुन डिपो दिने नीति तथा कार्यक्रम गरिएको छ।
जनताका दुख पीडा गाउँमा रहेका समस्यालाई मध्यनजर राख्दै समस्या लाई समाधान गर्नेको लागि आफू पहल गरिरहेको छु। अब कवाडी मा रहेकोे नुन डिपोमा ५/६ घण्टा लगाएर हिडेर आउनु पर्ने अबस्था सहज बाताबरण बनाउन आफू स्यम लागिपरेको छ। जस्मा बिच्छया का सर्वसाधारण व्याक्तिले पनि सजिलै तरिकाबाट नुन र चामल उपलब्ध गर्नेको लागि हिड्न आवतजावत गर्ने निकै कठिनाइ भोगेको अबस्थालाई सहजीकरण गर्ने वडा न.१, २ र वडा न.३ का बस्तिका मान्छेहरुलाइ सरल अबस्था चामल तथा नुन उपलब्ध गराएर पाउने सेवा सुबिधा दिइने व्यवस्था गरि आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रममा आवश्यकता अनुसार अगाडि बढाइने गरेको अध्यक्ष मल्लले बताएका छन।
बिच्छया भरीका सम्पूर्ण वर्गका सम्पूर्ण मान्छेहरुलाइ खाद्य तथा नुन डिपो बिच्छया केन्द्रको रुपमा सबैलाई पाइप पर्ने स्थानमा स्थापना गरि खाद्य चामल र नुन वितरण कार्यक्रमलाई निरन्तरता दिनका लागि आवश्यक बजेटको बजेट व्यवस्था गर्नेको लागी खाद्य र नुन डिपो राख्ने विषेश पहल गरिने अध्यक्ष मल्लले बताउनु भएको छ।











