बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका वडा न.७ को बाँधु गाउँ नवनिर्वाचित गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ललाई विजयको खुसियालीमा गाउँमा स्वागत सम्मान तथा धन्यवाद कार्यक्रम गरिएको बताएका छन।
स्वागत तथा सम्मान कार्यक्रम अध्यक्षता हिमाली गाउँपालिका वडा न.७ का अध्यक्ष तपेन्द्र बहादुर शाही, प्रमुख अथिती नवनिर्वाचित हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, अथिती हिमाली गाउँपालिका वडा न.४ का अध्यक्ष भिमान्द पाण्डे, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य दानादेवी उपाध्याय, नि. वर्तमान वडा अध्यक्ष जय बहादुर अधिकारी वडा सदस्य तथा स्थानीय बासिन्दाहरुको सहभागितामा स्वागत तथा सम्मान कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा अध्यक्ष मल्लले भन्ने आफुले २०७४ सालको चुनावमा विजयी गराइ सकेपछि आफ्नो भिजन जति गाउँ ठाउँको लागी जनताका विकास निकास बारेमा लागि जति छवि राख्ने सोचाइमा थिए त्यति गर्ने कारण बस गर्ने सकिएन तर पनि जनता सङ गरेका बाँचा गरेका कार्ययोजना अधुरा हुँदा उक्त कार्ययोजना सम्पन्न गर्नेका लागी आफू पुनः गाउँपालिका अध्यक्ष पदमा उठेर विजयी भएको हु र अबको बाकी पाँच वर्षको कार्यकालमा अधुरो कामलाई पूरा गर्नेको लागि फेरि पनि जनता सङ प्रत्येक्ष रूपमा रहेर गाउँ बस्तीमा गएर स्वास्थ, शिक्षा, खानेपानी, विधुत, सन्चार साथै रोजगार जस्ता विभिन्न क्षेत्रलाई मध्यनजर राख्दै कामलाई अगाडि लैजाने गरि लागिपरेको अध्यक्ष मल्लले बताउनु भएको छ।
पुनः गाउँपालिका अध्यक्ष पदमा विजयी हुनु नै जनतका जिम्मेवारी थपिएको भन्दै आफू पाँच वर्षको कार्यकालमा जनता सङ गरेका बाँचा पूरा गर्ने अबको पाँच वर्ष पूरा गर्ने स्वागत मन्तव्य राख्दै कार्यक्रम वडामा रहेका नवनिर्वाचित जनप्रतिनिधि तथा आफुलाइ अमुल्य मतदान गर्ने सम्पूर्ण बाधु बासिहरु लाई एक कार्यक्रम बिच धन्यवाद दिएको
हिमाली गाउँपालिका वडा न.७ का अध्यक्ष तपेन्द्र बहादुर शाहीले बताएका छन।











