बाजुरा– जिल्लाको हिमाली गाँउपालिकामा जन्मेर द भ्वाइस अफ किड्सबाट छोटो समय मै बेग्लै छबि कमाउन सफल बाल गायक सुप्रिम मल्ल ठकुरीलाई क्रेटर जोन एकेडेमीले आज एक कार्यक्रमका साथ बधाई तथा स्वागत गरेको छ ।

बाल गायक सुप्रिम मल्ल गृह जिल्ला बाजुरामा पुगे पछि बिद्यालयलले एक कार्यक्रमका साथ स्वागत तथा बधाई दिएको हो । बिद्यालयका प्रिन्सिपल मिन बहादुर कार्कीको अध्यक्षतामा भएको बधाई कार्यक्रमका प्रमुख अतिथी बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहनु भएको थियो ।

बिद्यालयमा बधाई कार्यक्रममा बाल गायक सुप्रिमले बिभिन्न गीतहरु गाएर दिन भरी मनोरञ्जन दिएका थिए । बिद्यालय परिवारले फुलमाला, अबिर, मायाको चिनोका साथ सम्मान गर्दैै आज नै बिदाई गरेका थिए । कार्यक्रममा सुप्रिमका बुवा कृष्ण मल्ल पनि रहेका थिए । यसरी बाजुरा जिल्लाले जन्माएको एक बाल गायकले देश ब्यापी रुपमा बेग्लै पहिचान गर्नुले सिंगो बाजुरा जिल्लाको सिर ठाडो पारेको भन्दै बिद्यालय परिवारले बधाई दिएको हो ।











