बाजुरा- नेपाल पत्रकार महासँघ बाजुराको आयोजनामा चार दिने रेडियो तथा अनलाईन पत्रकारिता तालिम सम्पन्न भएको छ । यहि असाढ १५ गतेबाट बडीमालिका नगरपालिकाकाे आर्थिक सहयोग र नेपाल पत्रकार महासँघ बाजुरकाे आयोजनामा तालिम सन्चालन भएको थियाे। बाजुरा जिल्लाको पत्रकारितालाई थप अब्बल र बिश्वसनिय बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको तालिम सनिवार एक औपचारिक कार्यक्रम बिच सम्पन्न भएको हो । जिल्लामा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको क्षमता बिकासका संचालन गरिएको चार दिने तालिमको उपलब्धि मुलक भएको पत्रकार महासंघ जिल्ला शाखा बाजुराले जनाएको छ ।
औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको तालिम नेपाल पत्रकार महासँघ जिल्ला साखा बाजुराका अध्यक्ष छक्क मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष मल्लको अध्यक्षतामा सम्पन्न भएको चार दिने तालिम समापन कार्यक्रममा प्रमुख अथिति बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहनुभएको थियोे ।यस्तै कार्यक्रममा बिशिस्ट अथिती बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापा रहनुभएको थियो ।
कार्यक्रममा अथिती सामुदायिक सूचना नेटवर्कका सिआइएनका सह सम्पादक एबम् तालिमका प्रशिक्षक लिलप्रकाश चन्द, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित, निवर्तमान महासंघ अध्यक्ष प्रकाश सिंह ,प्रेस चौतारी सुदुरपश्चिम् अध्यक्ष कृष्ण ओली, प्रेस चौतरी केन्द्रीय सदस्य बसन्त बि. क लगायत जिल्लाका बरिष्ट पत्रकारहरुको विशेष उपस्थिति तलिमको कार्यक्रम सम्पन्न भएको तलिममा जिल्लाका विभिन्न सँचार गृहमा कार्यरत ४२ जना पत्रकारहरुकाे सहभागीता रहेकाे थियो । कार्यक्रमको संचालन कार्यवाहक सचीव रमित बि . क ले गर्नुभएको हो ।
समापन समाराेहमा बोल्दै प्रमुख अतिथीकाे भनाई रहनु भएका बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले । यस बर्षको नीति तथा कार्यक्रममा पनि पेषागत पत्रकारहरुको थप बिकासका लागि पहल गरिरहेको बताउनुभयो ।
चार दिनको पत्रकारित तालिम प्रभाकारी र उपलब्धि मुलक बनाउन सहयोग गरेको भन्दै पत्रकार महासंघ जिल्ला शाखा बाजुराले प्रशिक्षक लाई धन्यवाद सहित मायाको चिनो समेत दिइएको थियो । थोरै समयको पशिक्षणले पनि रेडियो तथा अनलाइन पत्रकारिता गर्ने पत्रकाररुको क्षमता बिकासमा सहयोग पुग्ने बिश्वास पत्रकार महासंघ बाजुराको छ ।आगामी दिनमा हुने पत्रकारिता तालीम एक हप्ता समय दिएर थप स्थर वृद्धि गरिने र अव संचालन हुने तालिममा बाजुराको क्षेत्र (क) र क्षेत्र (ख) अलगअलग रूपमा तालिम सन्चालन गरिने नेपाल पत्रकार महासँघ जिल्ला साखा बाजुराका अध्यक्ष छक्क मल्लले बताउनु भएको छ ।
चार दिन रेडियो तथा अनलाईन पत्रकारिता तालिमका समापनमा कार्यक्रमको सहभागीहरुलाई प्रमाणपत्र वितरण दिइएको थियो । पत्रकारिता तालिम सहजीकरण सामुदायिक सूचना नेटवर्कका सह सम्पादक एबम् तालिमका प्रशिक्षक लिलप्रकाश चन्दले गर्नु भएको थियो । न 











