बाजुरा– बुढीगंगा नगरपालिकाको दोस्रो पटक तोकिएको समयमा निर्वाचन सम्पन्न भएको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजे बाट शुरु भएर साँझ ५ बजे सम्मपन्न भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताउनुभएको छ ।
बुढीगंगा नगरपालिकाको त्रिशक्ति मावि मतदानस्थलमा झडप भएपछि मतदान रोकिएको थियो भने पुःन सूचारु भएको थियो । फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरु बीच विवाद भएपछि दोहोरो झडप भएको थियो ।
एकीकृत समाजवादीका वडा अध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । वडा अध्यक्षका उम्मेद्धार थापालाई जिल्लामा उपचार हुँन नसके पछि धनगढी रीफर गरीएको छ ।
झडपलाई साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका गरी एक सयभन्दा बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि उनीहरुको भूमिका भने प्रभावकारी नभएको भन्दै स्थानीय मतदाताले गुनासो गरेका थिए ।
तर अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । त्रिशक्ति मतदान केन्द्रमा पनि ३५ मिनेट जति मतदान रोकिएर पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले वताउनुभयो ।
बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए । सवै वडाको मतगणना सकिएको निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिनुभयो । अधिकृत लक्ष्मण कठायतका अनुसार सवै वडाको मतपेटिका मतगणना स्थल ल्यानुने तयारी भैरहेको छ ।मतगणना भानोदय मावीको सभाहलमा हुनेछ । निर्वाचन दुई वटा वडाको मतपेटिका मतगणना स्थलमा पुगिसकेको पनि अधिकृत कठायतले बताउनुभयो ।
बुढीगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ । नगर प्रमुखमा नेपाली काँग्रेस बाट रंङ्ग बहादुर खाती र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातीलाई गठबन्धनको समेत समर्थन रहेको छ । निर्वाचन ९ नम्बर वडा वाहेकका वडाहरुमा शान्तिपूर्ण ढङ्गले भएको पनि जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । कुल मतदाता संख्याकाे ९११७ मत खसेको छ । कुल मतदातामा ६६.७५ प्रतिशत मत मात्र खसेको हो ।