
बाजुरा– जिल्लामा पछिल्लो २४ घण्टामा ८ जना कोरोना सक्रमित थपिएका छन् । सोमबार २३ जनाको एन्टिजेन बिधीबाट कोरोना परिक्षण गर्दा ८ जनामा पुष्टि भएको हो ।
सोमबार ८ संक्रमित थपिएसंगै संक्रमितको संख्या ३ सय १९ पुगेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो ।