
दाङ– दाङका थप एक जना पत्रकारको एकै दिन निधन भएको छ । पत्रकार महासंघ दाङका साधारण सदस्य रहेका लक्षमण बस्नेतको आज उपचारका क्रममा भैरहवामा निधन भएको हो । बबई गाउँपालिका वडा नम्बर ४ हापुरे निवासी बस्नेतको कोरोना संक्रमणमुक्त भएको ६ दिनपछि निधन भएको हो ।
बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियुमा उपचारको क्रममा निधन भएको बबई गाउँपालिकाका प्रेस संयोजक प्रेम बहादुर राम्जाले जानकारी दिए । यो संगै अहिले सम्म दाङका दुई जना पत्रकारको संक्रमणकै कारण मृत्यु भएको छ ।
यस्तै उहँका बुवा टोपबहादुर बस्नेतको पनि आइतबार निधन भएको थियो। उहाँलाई पनि चार दिनअघि कोरोना रिर्पोट नेगेटिभ आएको थियो ।