बाजुरा– असाढ २३ ग्क्ष्त्े सम्पन्न भएको बुढीगंगा नगरवपालिकाको स्थानिय तह निर्वाचनका नव–निर्बाचित नगर प्रमुख रामबहादुर बाँनियाले पद तथा गोपनियताको शपग ग्रहण लिएका छन् । असार २३ गते सम्मपन्न निर्बाचनबाट असार २६ गते आएको अन्तिम मतपरिणाम अनुसार नगर प्रमुख बाँनियाले पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।
नवनिर्वाचित नगर प्रमुख बाँनियालाई असार २७ गते बडिमालिका नगरपालिकाको सभ हलमा जिल्ला अदालत बाजुराका न्यायाधीस एवं मुख्य निर्बाचन अधिकृत्त माधव प्रसाद घिमेरी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नगर प्रमुखले आजै उप प्रमुख तथा पालिकाका अन्य जनप्रतिनिधिहरुलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताए ।
बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनमा धादली भएको भन्दै पालिकाको निर्बाचन रद्ध गरिएको थियो । रद्ध गरिएको निर्बाचन असार २३ गते भएपछि २६ गते अन्तिम मत परिणाम आएको थियो ।