युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
381 पटक पढिएको

काठमाडौं–  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरुले आगामी चुनावमा तालमेलका लागि मापदण्ड बनाउन सुझाव दिएका छन् । सोमबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनीहरुले चुनावमा गठबन्धनलाई निरन्तरता दिँदै तालमेलका लागि आवश्यक मापदण्ड बनाउन सुझाव दिएका हुन् ।

केहीले भने कांग्रेस एक्लै चुनाव लड्दा उचित हुने धारणा राखेका थिए । त्यस्तै उनीहरुले चुनावमा टिकट वितरणलाई विधि र विधानसम्मत रुपमा लागू गर्नुपर्ने बताएका थिए ।

बैठकमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचनको प्रतिवेदन पेस गरिएको छ भने भातृ तथा शुभेच्छुक संस्थाको विधान टुंगो लगाउने विषय र तथा सरकारको काम कारबाहीको समीक्षा हुने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

स्थानीय तहमा केन्द्रीय सदस्यहरुको अनुभव र त्यसका आधारमा आगामी निर्वाचन गरिने रणनीतिका बारेमा बैठकमा छलफल हुने उनले बताए। उनले उपसभामुखको टुंगो लागेपछि संवैधानिक परिषद्सम्बन्धी विधेयकको विवाद समाधान हुने बताए ।

केन्द्रीय समिति बैठकमा कांग्रेस नेता शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टि हुनेगरी तालमेलबारे पार्टीको धारणा निर्माण गर्नुपर्ने बताए। उनले कांग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमात्र चयन भएको, नीतिका विषयमा कुनै काम हुन नसकेकाले यथाशीघ्र नीति अधिवेशन गर्न आग्रह गरे।

बैठकमा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल, दिनेश कोइराला र आमन्त्रित प्रदेश सभापतिहरु उद्धव थापा, कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेका थिए।

केन्द्रीय कार्यसमितिको अर्को बैठक असार २८ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
आजको अन्नपुर्ण पोष्टबाट साभार ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!