
बझाङ-बझाङमा अटो दुर्घटना हुँदा १ जना गम्भीर घाइते भएका छन्। बझाङको केदारस्यु गाउँपालिका ९ पौडि बजार नजिकै अटो दुर्घटना भएको हो। जयपृथ्वी राजमार्ग अन्तर्गत देउरा बजारबाट झोता तर्फ गइरहेको सुपप्र ०१००१ ह ४२८१ नम्बरको अटो पौडि बजार नजिकै चमनचौरमा दुर्घटनामा परेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसुार दुर्घटनामा केदारस्यु गाउँपालिका १ बस्ने अटो चालक ३२ वर्षीय दिलबहादुर बोहरा गम्भीर घाइते भएको बताइएको छ। घाइते भएका अटो चालक बोहरालाई उपचारको लागि डडेल्धुरा रेफर गरिएको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ।
श्राेत दिनेश खबर











